अस्ट्रेलियाको सुमुद्री पिँधमा नेपालको झण्डा

१५ जेठ, सिड्नी । सगरमाथादेखि सागरसम्म भन्ने भावका साथ अस्ट्रेलियाको सिड्नीमा सगरमाथा दिवस मनाइएको छ । साहसिक दिवसको रुपमा मनाइदै आएको यो दिवसको अवसर पारेर सिड्नीका नेपाली युवाहरुले स्कुपा डाइभ गरेर समुन्द्रको पिँधमा नेपालको झण्डा फहराएका छन् ।

मे २९ बुधवार सिड्नीको दक्षिणमा रहेको मेन्लीमा भेला भएका १० जना युवाहरुले प्रसान्त महासागरको तास्कानिय सी मा स्कुपा डाइभ गरेर २३ मिटर गहिराइमा नेपालको झण्डा फहराएको संचारकर्मी भिमसेन सापकोटाले बताए । यसअघि स्कुपा डाइभमा जाने सबै नेपाली युवाहरुलाई न्यु साउथ वेल्सका महाबाणिज्यदुत दिपक खड्काले नेपालको झण्डा हस्तान्तरण गरेर विदाई गरेका थिए ।

उक्त कार्यक्रममा खड्काले सगरमाथा र सागर बीचको सम्बन्धलाई अझ प्रष्ट पार्दै नेपाललाई अस्ट्रेलियामा चिनाउन यो अभियान सफल होस् भनेर सुभकामना दिएका थिए । खड्काले नेपाल प्रवर्द्धन गर्ने कार्यक्रमहरुलाई महाबाणिज्यदूतको कार्यालयले सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका सल्ल्ााहकार रामजी विष्टले नेपालबारे प्रचारप्रसार गर्ने कार्यक्रमहरुमा नेपाली समुदायको साथ र सहकार्य बढाउँदै लैजान सल्लाह दिएका थिए ।

स्कुपा डाइभिङ कार्यक्रममा नेप्लिज वेलफियर सोसाईटीका अध्यक्ष संजिव शर्मा, अस्टे्रलियाको नेपालीपत्रका सम्पादक ऋषि आचार्य, संचारकर्मी भिमसेन सापकोटा, बैज्ञानिकहरु राजन क्षेत्री र विमल के सी, लेखक तथा साहित्यकार निस्प्रभ सजी, फुड राइटर सुरज प्रधान, चिनारी नेपालका अध्यक्ष गंगा निमकुल एमएनटिभीका प्रविधिकहरु सौरभ मानन्धर र सुमन सिवाकोटीको सहभागिता रहेको थियो । यो टेलीले हरेक बर्ष अस्ट्रेलियामा विभिन्न सहासिक कार्यक्रम गरेर सगरमाथा दिवस मनाउँदै आएको छ । अघिल्लो वर्ष अस्टे्रलियाको अग्लो शिखर माउण्ट कोजवस्कि आरोहण भएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस