गोर्खाकपः आर्मी र टुसाल, मनाङ र संकटा भिड्दै
काठमाडौ, जेठ १६ – गोर्खाकप फुटवल प्रतियोगितामा बिहीबार समूह सी अन्तर्गतका दुई खेल हुँदैछन् ।
दशरथ रंगशालामा दिउँसो २ वजे हुने पहिलो खेलमा नेपाल आर्मी क्लबले टुसाल क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।
अघिल्लो खेलमा संकटा क्लबलाई जितेको आर्मी बिहीबार पनि खेल जित्दै क्वार्टरफाइनल पुग्ने योजनामा छ ।
टुसालले भने अघिल्लो खेलमा मनाङ मर्स्याङ्दीसंग १२ शून्यको फराकिलो हार ब्यहोरेको थियो ।
दोश्रो खेलमा दिउँसो ४ बजे मनाङ मर्स्याङ्दीले संकटा क्लबसंग प्रतिस्पर्धा गर्दैछ । मनाङ पनि खेल जित्दै क्वार्टरफाइनल पुग्ने योजनामा छ ।
बिहीबारको खेल जितेमा जितेमा संकटा र टुसालको पनि क्वार्टरफाइनल पुग्ने संभावना कायमै रहनेछ ।
यसअघि बुधबार भएको समूह बी को खेलमा थ्रीस्टारले आरसिटीलाई ५–१ र सशस्त्र प्रहरीको एपिएफले नवलपरासीको देशभक्त क्लबलाई १०–१ को अन्तरले हराएको थियो ।

0 comments
Write Down Your Responses