एचआइभी रोक्ने रसायन

वैज्ञानिकहरुले यस्तो एक रासायनिक पदार्थ विकसित गरेको दावा गरेका छन् जो एचआइभी संक्रमण फैलिनबाट रोक्नमा सक्षम छ ।
बोस्टनस्थित चिल्ड्रेन हस्पिटलको एक टीमले संक्रमण फैलनको लागि जिम्मेवार जिन्सलाई निस्कृय गर्ने प्रविधि उपयोग गरेर यस नयाा मलिक्यूलर माइक्रोबाइसाइड तयार गरेको छ ।
शोधकर्ताहरुको भनाई छ कि यसले अब एचआइभी एड्सलाई फैलनबाट रोक्न मद्दत पाइनेछ । चिल्ड्रेन हस्पिटलका ली एडम ठहीलर र जुडी लिबरम्यानको नेतृत्वमा गरिएको यस अनुसन्धानको रिपोर्ट जर्नल अफ क्लिनिकल इन्भेष्टिगेशनको अनलाइन संस्करणमा प्रकाशित गरिएको छ ।
अर्को शव्दमा भन्ने हो भने सो टीमले यस्तो रासायनिक पदार्थ बनाएका छन् जसले एड्सजस्तो संक्रमण पैदा गर्ने सुक्ष्म जीवलाई मार्न सक्षम रहेको छ । मुसामा गरिएको परीक्षणको सिलसिलामा यो रसायन संक्रमण रोक्ने काममा निकै सक्षम पाइएको थियो ।
शोधकर्ताहरुको अनुसार सुक्ष्म जीवलाई मार्न सक्ने यो रसायन आरएनए इण्टरफेयरेन्स -आरएनएआई) आणविक प्रक्रियाको प्रयोग गर्दछ । पहिला आरएनएआई रुखमा पाइएको थियो ।
करीब एक दशकअगाडि यसको उपस्थिति स्तनधारी जीवमा पाइएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस