६९ वर्षमा सुत्केरी भएकी विश्वकै बुढी आमा भन्छिन्, छोरीको बिहे नगरी मर्दिन
पाँच वर्षअघि ६९ वर्षे उमेरमा राजोदेवी लोहानले छोरी पाएको खबरले विश्वभरी
नै सनसनी फैलाएको थियो । बुढेसकालमा पहिलोपटक बच्चा जन्माएर राजोदेवी
विश्वकी सबैभन्दा बुढी आमाको रुपमा किर्तिमान बनाउन सफल त भइन् तर उनले
आफ्नो स्वास्थ्यलाई मात्र नभएर जन्मिने बच्चाको स्वास्थ्य समेत जोखिममा
पारेको र उनीबाट जन्मिएकी बच्ची छिटै टुहुरी हुने भन्दै सबैले चासो व्यक्त
गरे ।
टेष्टटयुब प्रविधिबाट बच्चा पाएकी राजोदेवीले सुत्केरी हुने बेलामा झण्डै ज्यान गुमाइनन् । तर छोरी पाएपछि भने राजोदेवी दिन दिनै फर्ुर्तिलो हुँदै गइन् । अहिले ७४ वर्षउमेर पुगेकी राजोदेवीका अनुसार छोरी पाउनाले उनी झनै स्वस्थ, बलियो बनेकी छिन् र धेरै वर्षम्म बाँच्ने उनको आशा छ ।

यी वृद्धा आमाको एउटै इच्छा छ आफ्नी छोरी नवीनको बिहे देख्ने । आफु छोरीको बिहे सम्म बाँच्ने उनको आशा छ ।
भारतको दर्ुगम हिसार गाउँकी बासिन्दा
राजोदेवी श्रीमान बाल्लो र सौता उमीसँगै बसिन्छन् । छोरी नवीन आफुलाई
इश्वरले दिएको उपहार भएको भन्दै उनले छोरीको बिहे नगरिदिँदा सम्म आफु
नमर्ने दाबी गर्छिन् । छोरी नवीन १५ वर्षी भएपछि बिहे गरिदिने उनको योजना छ
।
बुढी आमाकी चुलबुले छोरी नविना आमालाई निकै माया गर्छिन् । बुवालाई भन्दा आमालाई बढि माया गर्ने उनी बताउँछिन् ।
उता नवीनकी सौतेनी आमा उमी पनि सौतेनी
छोरीलाई कम माया गर्दिनन् । आफ्ना दिदी समेत रहेकी सौताको निधन भएपछि पनि
आफुले छोरी नविनलाई आमाले जस्तै माया दिने उनी बताउँछिन् ।

0 comments
Write Down Your Responses