८ महिनासम्मै लिंग उत्तेजित भएपछि डाक्टर विरुद्ध उजुरी
झिकिदे गाँड भन्दा थपिदे गाँड भनेजस्तै भएपछि कसको कन्सिरी तात्दैन र ?
डाक्टरकहाँ रोग निको होला भनेर पो जाने हो । डाक्टरकहाँ उपचार गराएपछि झनै
रोग थपिन्छ भने सबैलाई रिस उठ्छ । अमेरिकामा एकजना व्यक्तिलाई यस्तै भएको छ
। लिंगका मांशपेशी लगायतको प्रत्यारोपण शल्यक्रियाको उपचार गराएका
न्युजर्सी ती डानियल मेजगारको लिंग शल्यक्रियापछि लगातार ८ महिनासम्म
उत्तेजित भैरहेपछि उनी इन्तु न चिन्तु भए । सन् २००९ को डिसेम्बरमा उनको
यस्तो शल्यक्रिया भएको थियो । शल्यक्रिया लगत्तै ती पुरुषको अण्डकोष
सुन्निन थाल्यो र भलिबल जत्रै भयो । लिंग समेत उत्तेजित भैरहेको र अण्डकोष
समेत सुन्निदै गएपछि उनी शल्यचिकित्सक थोमस डेस्पेरिटोकहाँ गुनासो गर्न गए ।
उनले सन् २०१० को अपि्रलमा डाक्टरसँग यस्तो गुनासो गरे तर डाक्टरले खासै
चासो दिएनन् । उनले लिंग ८ महिनापछि सामान्य अवस्थामा त आयो तर डाक्टरको
बेवास्ता उनको मनमा गडिरह्यो र अन्ततः लामो समयपछि उनले चिकित्सकीय
लापरवाहीको मुद्दा अदालतमा दर्ता गराएका छन् । तर ती डाक्टरका वकिलले भने
यस्ता खालका सर्जरीमा लिंगको लामो उत्तेजनाको समस्या सामान्य रहेको दाबी
गरेका छन् । ▼

0 comments
Write Down Your Responses