पार्कमा बसेकी युवतीलाई दिउँसै हस्तमैथुन गरि शरीरभरि वीर्य छर्किएपछि…
२९ असार, काठमाण्डौं । बिहानको साढे ११
बजेको छ । राजधानीको शंखपार्कमा एक युवती हुनेवाला श्रीमान्को पर्खाइमा
छिन् । समय मिलाएर भेट्ने वाचाअनुसार पार्कमा पर्खिरहेकी ती युवतीमाथि
एकाएक पत्याउनै नसक्ने प्रकृतिको अपराध हुन्छ । गत बुधबार मात्र विवाहका
लागि इन्गेजमेन्ट गरेका मेडिकल डाक्टरको जोडी आइतबारका लागि तय भएको विवाह
समारोहको सामान खरिदमा सल्लाह गर्न शंखपार्क भेट्ने योजनामा थिए ।
योजनाअनुसार चितवनस्थित एक अस्पतालमा कार्यरत डाक्टर रमिता (नाम परिवर्तन)
हुनेवाला श्रीमान् डा. रामप्रसाद (नाम परिवर्तन) भन्दा केही चाँडो आइपुगिन्
।
दुलहा ढिलो आउने भएपछि पार्कको एउटा मेचमा
उनी एकसुरले बसिरहेकी छन्, बिहेपछिको सपना सजाएर । सुन्दर पहिरनमा सजिएकी
उनले केहीबेरको त्यो पर्खाइमा जीवनभरको सपना देखिरहेकी थिइन् । तर, अनयासै
उनीमाथि वज्रपात भयो । विडम्बना ! दुलहा आइनपुग्दै उनले सामाजिक र मानसिक
रूपमा गम्भीर अपराधको सामना गर्नुप¥यो, त्यो पनि क्षणभरमै । विवाहको अन्तिम
तयारीमा रहेकी रमीता सोझो शब्दमा व्याख्या गर्न नसक्ने अपराधको सिकार
बनिन् । पार्कभित्रै रहेका सप्तरी निवासी ३३ वर्षीय राजकुमार सिंहको
कुण्ठित यौनकुण्ठाको सिकार बनिन् उनी ।
हुनेवाला श्रीमान्को पर्खाइमा एकोहोरो सोच
बनाएर बसिरहेका बेला सिंहले आफ्नो यौनकुण्ठा मात्र मेटाएनन्, उत्तेजित
बन्दै स्खलित भएपछि युवतीको शरीरभरि आफ्नो वीर्य नै छर्किदिए । भावी
श्रीमान् आइनपुग्दै सिंहको यौन उत्तेजनाको सिकार भएकी रमिताको छातीलगायत
शरीरको अग्रभाग सिंहको वीर्यबाट पूर्ण रूपमा भिज्न पुग्यो । रमिताका दिन
बलिया थिए या युवामा अपराध भावना बढ्न नपाएर हो, उनी मध्य दिउँसो
बलात्कारबाट भने जोगिन सफल भइन् । पछाडि लुकेर बसेका सिंहले आवेगमा आएर
स्वयंमा यौन चाहना मेटाएपछि आफ्नो यौन अंगबाट निस्किएको वीर्य रमिताको
शरीरमा छर्के । सोच्नै नसकेको घटना भएपछि पीडित डाक्टर जोडीले नजिकै रहेको
महानगरीय प्रहरी वृत्त महाराजगन्जमा खबर गरे ।
प्रहरी फसादमा
खबरलगत्तै आएको प्रहरी टोलीले सिंहलार्ई
तत्काल पक्राउ गरी कार्यालय पुर्यायो । हुनेवाला श्रीमतीलाई दुव्र्यवहार
गरेको भन्दै रामप्रसादले तत्काल उजुरी लेखाए । तर, उजुरीपछि भने प्रहरीलाई
निकै फसाद पर्यो । प्रहरीको नजरमा अहिलेसम्म फेला नपरेको प्रकृतिको अपराधका
दोषी भेटिएपछि के मुद्दा लगाउने भन्ने अन्योलमा प्रहरीले निकै समय
गुजार्नुप¥यो । ‘अपराधीलाई पक्राउ गरेर त ल्याइयो, तर नौलो प्रकृतिको र
पहिलो पटक यस्तो केस आएकाले के मुद्दा लगाउने भन्ने अन्योल भयो,’ वृत्तका
प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जीवनकुमार श्रेष्ठले भने । मुद्दा
लगाउन प्रहरीले कानुनका ठेली पल्टायो । आपसमा सल्लाह भयो ।
तर, के मुद्दा लगाउने भन्ने अन्योल हट्न
सकेन । अन्योल बढेपछि सरकारी वकिलको रायमा सिंहलाई प्रहरीले जबर्जस्ती करणी
उद्योगअन्र्तगत मुद्दा चलाउने निर्णय लियो । लगत्तै यौनकुण्ठित सिंहलाई
काठमाडौं जिल्ला अदालत लगेर अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने
अनुमति लियो । अनुमति लिन जानुअघि समेत प्रहरीलाई निकै असजिलो भएको थियो ।
थुनामा राख्ने अनुमति लिन जाँदा घटना विवरण कसरी सुनाउने भन्ने संकोचका
कारण केही प्रहरीले त अदालतसम्म जानसमेत आनाकानी गरेका थिए । तर, अनुमति
लिनैपर्ने बाध्यताका कारण अदालतमा घटना विवरण सुनाएर म्याद लिएको प्रभागका
प्रहरीहरू बताउँछन् । यौन उत्तेजना मेट्न सप्तरी निवासी सिंहले गरेको यो
हदसम्मको व्यवहारलाई घटनास्थल पुगेर नियालेका प्रहरी अधिकारीहरूले भने
जीवनकै नौलो भएको प्रतिक्रिया दिएको राजधानी दैनिकमा खबर छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी
भन्छन्, ‘सिंहको हर्कत कुनै अश्लील चलचित्रको दृश्यभन्दा कम थिएन, हामीलाई
पनि भन्न सक्ने आँट थिएन, सबै एकअर्काको मुख हेरेर बस्नुप¥यो ।’ यो घटनाले
नेपालमा अपराधको नयाँ प्रकृति र तरिकाको रहस्योद्घाटन मात्र गरेको छैन,
नेपाली समाज कता जाँदै छ भन्ने गम्भीर चिन्तासमेत थपेको अनुसन्धानमा संलग्न
अधिकारीहरू बताउँछन् । यो नौलो घटना सार्वजनिक भएसँगै राजधानीका सार्वजनिक
स्थलहरू नै सुरक्षित छैनन् भन्ने संकेत गरेको छ । यो घटनाले उपत्यकामा
बढ्दो महिला हिंसा र यौनकुण्ठा कुन रूपमा विकसित हुँदै छ भन्ने सन्देश पनि
दिएको छ ।
onlinekhabar


0 comments
Write Down Your Responses