युवालाई भन्दा बुढाबुढीलाई बढि यौन चाहाना
प्रजनन् अङ्गको विकास र अत्याधिक सेक्स हर्मोनको कारण युवावस्थामा बढी
सेक्सको चाहना हुन्छ । उमेर ढल्कदै गएपछि सेक्स क्रियाकलापमा पनि कमी आउँछ ।
तर, अष्ट्रेलियाका युवापिंढीमा हालै गरिएको सेक्ससम्बन्धि सर्वेक्षणले
सबैलाई हैरान पार्ने नतिजा बाहिर ल्याएको छ । सर्वेक्षणका अनुसार
अष्ट्रेलियामा युवालाई भन्दा बढी बुढ्यौली उमेरका पुरुष तथा महिलामा बढी
सेक्स चाहना हुन्छ ।
सर्वेक्षणमा १६ देखि २४ वर्ष उमेर समूहका युवाहरुले ज्यादा सेक्स नचाहेको
प्रतिक्रिया दिएका थिए । यस्तो जवाफ दिने युवाहरु १२ प्रतिसत छन् । यसको
उल्टो अन्य उमेर समूहका पुरुषहरुले भने चाहे जति सेक्स नपाएको गुनासो गरे ।
कैयौं पुरुषहरु त सेक्सकै दुनियाँमा मस्त रहेको पाइएको सर्वेक्षणमा संलग्न
न्यू साउथ वेल्स युनिवर्सिटीका एसोसियट प्रोफेसरले बताए ।
त्यस्तै, सर्वेक्षणमा ३१ प्रतिशत पुरुषहरुले शारीरिक सम्बन्धभन्दा ज्यादा
प्यारको भोको रहेको बताए । ३५ देखि ४४ वर्ष उमेरका पुरुषहरुले उनीहरुकै
समकालिन महिलाहरुमा बढी सेक्सको चाहना रहेको जनाए । २८ प्रतिशत महिलाले
खुलेर संभोगको उत्कट इच्छा हुने बताए । अचम्मको कुरा के छ भने ५५ देखि ६४
वर्षका बुढाहरुले पनि सेक्सको धेरै चाहना हुने खुलासा गरे । यसैगरी यहि
उमेर समूहका २७ प्रतिसत महिलाले पनि बढी सेक्स चाहना हुने गरेको स्विकारे । सर्वेक्षण १६ देखि ६४ वर्ष उमेर समूहका ४ हजार ३ सय पुरुष र ४ हजार ४ सय
महिलाहरुमा गरिएको थियो । यसअघि पाँच वर्ष पहिले गरिएको सर्वेक्षणले पनि
युवालाई भन्दा बुढ्यौली उमेरकाहरुमा बढी सेक्स चाहना भएको देखाएको थियो ।
युवा उमेरमा शक्ति हुने र यौन चाहना पनि बढी हुने परम्परागत मान्यतालाई
अष्ट्रेलियाका यी पछिल्ला सर्वेक्षणहरुले गलत सावित गरिदिएका छन् ।


0 comments
Write Down Your Responses