अध्ययन भन्छ : पुरुषले ढाँट्दैनन् लिंगको लम्बाइ
अमेरिकामा गरिएको पछिल्लो अध्ययनले अमेरिकी पुरुषहरुको लिंगको औषत लम्बाइ
५.५७ इन्च रहेको देखाएको छ । अध्ययनले पत्ता लगाएको अर्को रोचक तथा चुरो
कुरो त के भने पुरुषहरुले आफ्नो लिंग कति लामो छ ? भन्ने कुरा ढाँट्दैनन् र
सत्य कुरा बताउँछन् ।
अमेरिकाको इण्डियाना विश्वविद्यालयकी
शोधकर्ता डाक्टर डेब्बी हरबेनिकले १६६१ जना अमेरिकी पुरुषमा सर्भेक्षण गरी
यस्तो निष्कर्ष निकालेकी हुन् ।
साइकोलोजी टुडे नामक पत्रिकामा छापिएको
खबर अनुसार कण्डमको आकारका विषयमा विस्तृत अध्ययन गर्ने मनसायले पुरुषको
लिंगको लम्बाइका विषयमा प्रारम्भिक शोध गरिएको हो । अध्ययनका क्रममा
सबैभन्दा छोटो अर्थात् १.५ इन्च र सबैभन्दा लामो अर्थात् १० इन्च सम्मका
लिंग भएका मानिसहरु समेत भेटिए ।
वैज्ञानिकहरुका अनुसार उत्तेजित लिंगको आकार नाप्नु उतिसारो सजिलो भने छैन । उत्तेजनाको तहले लिंगको लम्बाइ घटबढ हुने गर्छ ।
पुरुषको गुप्तांगको अध्ययन गरिसकेपछि
शोधकर्ता हरबेनिकले अब महिलाहरुको गुप्तांगको आकारका विषयमा पनि यस्तै
अध्ययन गर्ने सोँच बनाएकी छिन् 


0 comments
Write Down Your Responses