यी हुन् संसारकै एकमात्र बच्ची : जो १४ महिनासम्म न रुन्छिन्, न चुस्छिन्, न खोक्छिन् (Video सहित)
डाक्टरहरुका अनुसार यी बालिका सायद संसारको एकमात्र बालिका हुन् । जसमा
अहिलेसम्म कसैमा पनि नदेखिएको लक्षण देखिएको छ । १४ महिनाकी ती बालिकाले
अहिलेसम्म न त दुध चुस्न सक्छ, न त केही कुरा निल्न सक्छ, न त खोक्न सक्छ, न
त रुन नै ।
बेलायतको समरसेटस्थित मसग्रुफ अस्पतालमा
रहेकी म्याडिसन गिल नामी ती बच्चीलाई नलीको सहायताले खुवाइएको, नियमित
औषधोपचार गरिएको छ र चिकित्सकको २४ सै घण्टाको निगरानी छ ।
२१ वर्षी तामसिन व्हाटलेले जन्माएको उक्त
बालिकालाई अब अस्पतालले घर पठाउँदैछ । उनलाई निको भएका कारण होइन की घरमै
लगेर स्याहार गर्न आमा तामसिन राजी भएकाले । आफ्नी सिकिस्त छोरीलाई घरमा
लग्न पाउने कुराले तामसिन निकै खुसी छिन् ।




0 comments
Write Down Your Responses