नायक अर्जुन कार्कीको खुट्टाको ९ वटा औला काटियो
नायक अर्जुन कार्की सगरमाथा चढेर एकातिर खुशी छन् भने अर्कोतिर दुखीत पनि
छन् । सगरमाथा चढेर देशमा मात्र नभई विश्वमै चर्चा पाएका अर्जुन अहिले घरमा
आराम गरिरहेका छन् । केही दिन अघि मात्र उनको खुट्टाको ९ वटा औला काटिएको छ
।

चिसोले औलामा समस्या भएपछि उनी सगरमाथाबाट ओर्लिए लगतै उपचारमा लागेका थिए ।
तर औलाका कारण खुट्टाको पुरै भागमा समेत असर पर्ने भएपछि अर्जुनको नौं वटा
औला काटिएको हो । अर्जुनको दाहिने खुट्टाको बुढी औला मात्र काटिएको छैन ।
अनलाइनखबरसँग कुरा गर्दै अर्जुनले भने, ‘विस्तारै विस्तारै बल्ल खुट्टा
टेक्न मिलेको छ, २ वटा औलाको घाउ निको हुन अझै समय लाग्छ भने बाँकी औलामा
केही कम भएको छ ।’ उनले सगरमाथा चढेर खुशी भएपनि औला नै काट्नु पर्दा दुख
लागेको बताए ।
सुरुमा उनी लाजिम्पाटमा रहेको सीबीक अस्पतालमा भर्ना भएका थिए । सीबीक
अस्पतालले अप्रेशनका लागि डाक्टर ईश्वर लोहोनीकोमा रिफर गरिदिएको थियो ।
डाक्टर ईश्वर लोहोनीले अर्जुनको खुट्टाको अप्रेशन गरेका हुन् । अहिले
अप्रेशनको टाँका समेत खोलिसेकेको बताउँदै अर्जुनले भने, ‘अब केही दिनपछि
जुत्ता लगाएर हिड्न मिल्छ तर तत्काल हिड्न सकेको छैन ।’ नायक अर्जुन कार्की
करिब दुई महिना लगाएर सगरमाथाको सफल आरोहण पश्चात केही हप्ता अघि मात्र
काठमाण्डौ फर्किएका थिए ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

0 comments
Write Down Your Responses