पत्रपत्रिकामा आउने यौन जिज्ञासा र यौन विशेषज्ञका केही भ्रमहरु

यहाँ ब्लडप्रेसर, डायबिटीज, थाइरायड, ग्यास्टिकहरुको स्थायी उपचार गरिन्छ………’, ‘पाइल्स, पत्थरी, पिनास, निको नभए पैसा फिर्ता……’, हेपाटाइटिस, छातीको दाग, पत्थरी, पायल्स, हाइड्रोसिलको विनाअपरेशन ग्यारेन्टी उपचार…..’ हिजोआज रेडियो, टेलिभिजन र पत्रपत्रिकामा यस्ता विज्ञापन छरपस्ट रुपमा हेर्न, सुन्न र पढ्न पाइन्छ । रत्नपार्कको फूटपाथ व्यापारीले झैं स्वास्थ्य संस्था चलाउनेले बिरामीलाई आफूतिर आकषिर्त गर्न यसैगरी लोभलाग्दो विज्ञापन गरिरहेका छन् । आफूलाई नेपालका एकनम्बर दाबी गर्ने दैनिक पत्रिकाहरुमा दर्ता नभएका अज्ञात संस्थाका तर्फबाट मानिसको स्वास्थ्यसँग सम्बन्धित विज्ञापन निर्वाधरुपमा छाप्ने गरेका छन् । यौन दुर्बलता हटाउने, लिंगको विकास गर्ने, स्तन बढाउने र योनी टाइट गर्ने जस्ता विज्ञापन नेपाली पत्रपत्रिकामा यत्रतत्र पाइने गरेको भए पनि त्यसप्रति न मेडिकल काउन्सिलले अनुगमन गरेको छ, न नेपाल प्रेस काउन्सिलसँग विज्ञापनसम्बन्धी कुनै नीति छ । यस्ता विज्ञापनहरुमा संस्थाको दर्ता नम्बर र स्पष्ट ठेगाना उल्लेख नगरी फोन नम्बरमात्रै दिने गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस