रेखाले बच्चा पाउने भए एमाओवादी पार्टीमा नआउन सुझाव
नायिका रेखा थापा एक महिनाअघि एकीकृत नेकपा माओवादी पार्टी प्रवेश गर्दा
निकै ठूलो हल्लाखल्ला थियो । तर, यतिबेला रेखाबारे कमै चर्चा हुन थालेको छ ।
यद्यपि नायिका थापाले एउटा निजी टेलिभिजनलाई दिएको २८ मीनेट लामो
अन्तरवार्ताको विषयलाई लिएर भने यतिबेला एमाओवादीमा खैलाबैला मच्चिएको छ
।चलचित्र क्षेत्रको स्वच्छन्द दुनियाँमा हुर्केकी रेखाले एमाओवादीमा
लागेपछि व्यक्त गरेको विवाह र सन्तानोत्पादन सम्बन्धी स्वच्छन्द विचारप्रति
एमाओवादी कार्यकर्ताहरु आक्रोशित भएका हुन् । कसैसँग विवाह नगर्ने,
जीवनसाथीमात्रै राख्ने र अर्की रेखा जन्माउने नायिका थापाको विचारप्रति
माओवादीभित्र तीव्र बहस शुरु भएको हो । तीन हप्ताअघि हिमालयन टेलीभिजनलाई
दिएको अन्तरवार्तामा नायिका थापाले भनेकी थिइन्- ‘पुरुषविना पनि बाँच्न
सकिन्छ । कोमल दिदी बिहे नगरी बस्नुभा’छ । मिथिला शर्मा बिहा नगरी
बस्नुभा’छ । विवाहले बाँधिन्छ मान्छे ।’
नायिका थापाको भनाइ थियो- ‘म बिबाह गर्दिँन एउटा पुरुष र महिला लाइफटाइम साथी भएर अगाडि बढ्ने । सृष्टि त भइ नै हाल्ला, विवाह बन्धनको खिलाफ त होइन, तर त्यसमा म हल्का परिवर्तन होस् भन्ने चाहन्छु । विवाह नगरौंला तर जीवन साथी त अवश्यै चाहिन्छ । दर्शकहरुले अर्को रेखा हेर्न चाहलान् । कहिले हुन्छ, कहाँ हुन्छ, कोसँग हुन्छ, त्यो मलाई थाहा भएन ।’

विवाह नगर्ने तर लाइफ पार्टनर बनाएर सन्तान जन्माउने रेखाको विचारलाई
एमाओवादी नेता, कार्यकर्ताले गैरमाक्र्सवादी अराजकतावादी सोचाइको संज्ञा
दिएका छन् ।
0 comments
Write Down Your Responses