अब पिसाबको गन्धबाटै क्यान्सर पत्ता लाग्नेछ
वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसले पिसाबको परीक्षणबाटै
मुत्रथैलीको क्यान्सर भए नभएको कुरा पत्ता लगाउन सकिन्छ ।
बेलायती वैज्ञानिकहरुका अनुसार यो प्रविधिमा एउटा यस्तो सेन्सरको प्रयोग
गरिन्छ जसले पिसाबमा भएका ग्यासजन्य रसायनहरुको गन्ध पत्ता लगाउन सक्छ जो
मुत्रथैलीका क्यान्सर कोषबाट उत्पादन भएको हुन्छ । बेलायतको लिभरपुल
विश्वविद्यालयका शोधकर्ता क्रिस प्रोबर्ट र नर्म्यान र्याटक्लिफले आफुहरुले
पिसाबमा क्यान्सरको गन्ध थाहा पाउनसक्ने यन्त्रको विकाश गरेको बताएका छन् ।
प्लस वन जर्नलमा छापिएको खबर अनुसार यो विधिबाट मुत्र थैलीको क्यान्सर
पत्ता लगाउन सकिने सम्भावना ९० प्रतिशत भन्दा अधिक हुन्छ । यद्यपि यो
परीक्षणलाई अझै परिस्कृत तथा विश्वसनीय बनाउथप शोधको खाँचो रहेको
विज्ञहरुको भनाइ छ ।
विश्वमा मुत्रथैलीको क्यान्सर एक मुख्य क्यान्सरको प्रकारका रुपमा रहेको छ ।
मुत्रथैलीको क्यान्सरको सुरुवाती अवस्थामा लक्षण थाहा पाउन गाह्रो हुने र
अन्तिम अवस्थामा पुगेपछि मात्र रोगीलाई रोगले चेँप्ने भएकाले यसको उपचार
कठीन हुने गरेको छ । तर यदि यो परीक्षणबाट मुत्रथैलीको क्यान्सरका विषयमा
सुरुवाती अवस्थामै जानकारी पाउन सकिएमा त्यसको उपचार सहज हुने र धेरै
क्यान्सर रोगीको ज्यान जोगिने विज्ञहरुको ठम्याइ छ ।
यसअघिका अध्ययनहरुले पनि मुत्रथैलीको क्यान्सर हुँदा पिसाबमा विशेष
प्रकारको गन्ध आउने र त्यस्तो गन्ध कुकुरले थाहा पाउन सक्ने पुष्टि गरेका
थिए ।



0 comments
Write Down Your Responses