साँढेले यसरी उधिन्यो (फोटोफिचर सहित)
स्पेनमा भएको साँढे दौड प्रतियोगितामा वर्षोनी कुनै न कुनै दुखद घटना भएकै
हुन्छन् । साँडे दौडमा सहभागी हुने मान्छेहरु मध्ये केहीले त ज्यान नै
गुमाउँछन् भने घाइते हुनेको त गणना नै हुँदैन । स्पनेमा अहिले चलिरहेको
साँढे दौड पर्वका बेला एक जना मान्छेलाई मत्त साँढेले सिङमा उन्यो,
नराम्ररी उधिन्यो, घाउ नै घाउ बनाइदियो र रगतले लत्पताइदियो । धन्न
उद्धारकर्ताहरु आएर ती मान्छेलाई साँढेको पञ्जाबाट फुत्काए र उनको ज्यान
बँच्यो । अनलाइनखर
रिसले मत्त साँढेले ती मान्छेलाई सिङमा उधिनेर आकाशमा उफार्यो अनि जमिनमा पछारिएपछि उनको सुरुवाललाई समेत सिङले तल झार्दै मज्जाले ती व्यक्तिको सरीरमा सिङ गाड्न थाल्यो । स्पेनको पाम्पलोनामा चलिरहेको सन फर्मिन पर्वका अवसरमा छैटौँ दिनको साँढे दौडका बेला यो घटना भएको हो । साँढे दौडको छैटौँ दिन एक अमेरिकी र अर्का एक स्पेनी नागरिक पनि साँढेको आक्रमणमा घाइते भए ।

0 comments
Write Down Your Responses