आफ्नो पार्टनरलाई खुसी राख्ने केही टिप्स
आफ्नो प्रेमिका वा श्रीमती बेलाबेलामा रिसाएर कत्तिको दिक्क हुनुभएको छ ?
सोँच्नुहोस् त कतै तपाइँकै कारण पो तपाइँकी पार्टनर यसो गर्न बाध्य
हुनुभएको पो हो की ? पार्टनरको मन जित्न के गर्नुपर्ला ? भन्ने लागिरहेको
हुनसक्छ तपाइँलाई । हामीले यहाँ त्यस्ता केही टिप्स दिएका छौँ जसलाई प्रयोग
गर्नुभयो भने तपाइँकी पार्टनर खुसी हुनेछिन् जब तपाइँकी प्रेमिका वा श्रीमती तपाइँसँग कुराकानी गरिरहेकी छिन् भने उनका
कुरा ध्यानसँग सुन्ने बानी बसाल्नुहोस् ।
· आफ्नो पार्टनरसँग खुलेर कुराकानी गर्नुहोस्, कुरा नलुकाउनुहोस् ।
· पार्टनरलाई आफ्नो पारिवारिक सर्कल तथा साथीसँगीसँग पनि भेटघाट गर्ने तथा
रमाइलो गर्ने अवसर जुटाइदिनुस् । यसबाट तपाइँको पार्टनरलाई लाग्नेछ की
तपाइँ उनलाई खुब ख्याल गर्नुहुन्छ ।
महिनामा कम्तीमा एक पटक श्रीमतीसँगै खाना बनाउन किचनमा पस्नुहोस् वा खाना बनाएर खुवाउनुहोस् । · गर्लफ्रेण्डलाई प्रभावित गर्न तिब्र गतिमा गाडी चलाउनुपर्छ भन्ने भ्रम त्याग्नुहोस् । होस पूराउनुहोस् तिब्र गतिमा गाडी चलाउँदा दुर्घटना हुने मात्र होइन धेरै महिलालाई यस्तो मन पर्दैन पनि । · पार्टनरलाई हेँप्ने वा बढि जबरजस्ती गर्ने काम नगर्नुहोस् । आफुलाई सधै माथि पार्नुपर्ने अड्डी पनि त्याग्नुहोस् । · विभिन्न अवसरमा उपहारको सरप्राइज दिन नभुल्नुहोस् · झुट नबोल्नुहोस्, कुरा नलुकाउनुहोस् ।

0 comments
Write Down Your Responses