कुन महिनामा हुन्छ सबैभन्दा बढि सहबास ?
वर्षभरीमा कुन महिनामा मानिसहरुले सबैभन्दा बढि सम्भोग गर्छन् होला ?
वास्तवमा यौन सम्पर्कको औषत दर कुनैपनि ठाउँको मौसम तथा परिस्थिति अनुसार
फरक पर्ने विज्ञहरुको भनाइ छ । बेलायतको हकमा बेलायती जोडीहरु अगष्ट
महिनामा सबैभन्दा धेरै यौन सम्पर्कमा लिप्त हुने गरेको एक अध्ययनले देखाएको
छ ।
सर्भे अनुसार वर्षभरका अरु महिनामा भन्दा
अगष्ट महिनामा बेलायतीहरुको सम्भोगको दर बढ्छ र यो महिनामा बेलायतीहरु
धेरैपटक सम्भोग क्रिडामा व्यस्त हुन्छन् । अगष्ट महिनामा बेलायतमा मौसम सफा
हुने र सूर्यको प्रकाश स्पष्ट रुपमा पर्ने भएकाले सूर्यको प्रकाशले
मानिसमा सेरोटोनिन र डोपामाइन तथा सेक्स हर्मोनको रुपमा रहेको
टेस्टेस्टेरोन हर्मोनको मात्रा बढाउने भएकाले मानिसहरुमा सम्भोगको दर बढ्ने
गरेको विज्ञहरुको भनाइ छ ।
यसअघिको अध्ययनले बेलायतमा पुरुषहरुको
सरीरमा हुने टेस्टेस्टेरोनको मात्रा जनवरी महिनामा भन्दा जुन महिनामा ३३
प्रतिशतले बढि हुने देखाएको थियो । अस्टि्रयाको शोधकर्ताले गरेको पछिल्लो
अध्ययनले यो तथ्यांकलाई समर्थन गर्दै जुन महिनामा भन्दा अगष्टमा यस्तो
हर्मोन अझै बढि हुने देखाएको छ । शोधकर्ताहरुका अनुसार चहकिलो घामका कारण
अगष्ट महिनामा बेलायतमा पुरुषहरुको सरीरमा भिटामिन डी का साथै सेक्स
हर्मोनको मात्रा पनि बढ्छ ।
सेक्स टोय कम्पनी लभहनीले गरेको
सर्भेक्षणले यो तथ्यलाई पुष्टि गर्दै गृष्मयामको अगष्ट महिनामा बेलायतमा
सम्भोगको दर सबैभन्दा बढि हुने देखाएको छ । बढि सम्भोग हुने महिनामा जुलाई
दोश्रो स्थानमा छ भने जुन तेश्रो स्थानमा छ । गृष्मयाममा लगाइने छोटो छोटो
पहिरनले पनि युवायुवतीमा सम्भोगको चाहना बढाउने बताइएको छ । सम्भोगको दरका
हिसाबले चौथो स्थानमा रहेको महिना मे हो । पाँचौ स्थानमा डिसेम्बर, छैँटौमा
सेप्टेम्बर, सातौँमा अपि्रल, आठौँमा अक्टोबर, नबौँमा मार्च, दशौँमा जनवरी,
एघारौँमा नोभेम्बर रहेको छ । वर्षमा सबैभन्दा कम सेक्स हुने महिना
फेब्रुअरी रहेको छ । जाडो यामको फेब्रुअरी महिनामा सम्भोगको दर सबैभन्दा कम
हुनुमा मौसमकै हात रहेको निष्कर्ष निकालिएको छ । जाडो याममा सरीरमा
मेलाटोनिन हर्मोनको उत्सर्जन बढि हुने र उक्त हर्मोनका कारण यौन चाहना
घट्ने तथा डिप्रेसन र थकाइ बढ्ने बताइन्छ ।



0 comments
Write Down Your Responses