अब देखि नेपालमा मोबाइल रिचार्ज कम्प्युटर बाटै

काठमाडौ, असार ३१ – नेपाल टेलिकमले सीडीएमए पि्रपेडको रिचार्ज कम्प्युटरबाटै गर्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ।
टेलिकमको वेबसाइट एनटिसी डट नेट डट एनपी खोलेपछि सिडिएमए रिचार्ज लेखिएको स्थानमा क्लिक गरी यो सुविधा प्रयोग गर्न सकिन्छ।
यसका लागि सिडिएमए मोबाइल नम्बर र रिचार्ज कार्डको पिन नम्बर टाइप गरी रिचार्ज बटन थिच्नुपर्छ। त्यसपछि यो प्रक्रिया पूरा हुन्छ। नेपालमा वेबसाइटबाटै मोबाइलमा रिचार्ज गर्न मिल्ने यो पहिलो सुविधा हो।
© साप्ताहि

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस