चीनमा बन्यो संसारकै सबैभन्दा ठुलो बिल्डिङ... [video]
चीनलाई
विश्वको मुख्य आश्चर्यको देश भनेर चिनिन थालेको छ । हरेक राम्रा नराम्रा,
पत्यारिला अपत्यारिला घटनाहरू चीनमा नै हुन थालेका छन् । हरेक नयाँ तथा
अनौठो समचार आयो भने पहिले चीनको नै हो की भनेर हेर्नुपर्ने अवस्था पनि
आइसकेको छ । हरेक अनौठा समाचारमा चीन कतै न कतैबाट जोडिएको नै हामीले पाउने
गरेका छौ ।
यसै
क्रममा चीनमा नै अर्को नयाँ श्रृंखला थपिएको छ । चीनमा भर्खरै विश्वको
सबैभन्दा ठूलो भवनको निर्माण भएको छ । उक्त भवनमा तपाईले जीवनमा गर्ने लगभग
सबै कार्यहरू गर्न सक्नुहुनेछ । सुत्ने, खाने, बस्ने, खेल्ने, सपिङ गर्ने
जस्ता हरेक कार्य उक्त भवनमा गर्न सकिन्छ । चीनको चेन्ग्डुमा बनेको न्यु
सेन्चुरी ग्लोबल सेन्टरमा बनेको यो भवन निकै ठुलो छ । यो भवन करिब करिब
विश्वको सानो देश मोनाकोको क्षेत्रफल बराबरमा फैलिएको छ भने २० वटा सिड्नी
ओपेरा हाउस बराबरको तथा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनभन्दा तीन गुणा
ठुलो रहेको दावी चीनका अधिकारीहरूले गरेका छन् ।
उक्त
भवनमा अफिस, सपिङ मल, मनोरञ्जनका लागी हलहरू लगायत थुप्रै सुविधा रहेको
बताइएको छ । उक्त भवनमा १ हजार वटा कोठा भएको पाँच तारे होटेल बनाइएको छ
भने वाटर पार्कसमेत भवनमा नै रहेको छ । यस भवनमा करिब ६ हजार मानिस एकैपटक
रहन सक्छन् ।
यो
भवन निर्माणको लागी तीन वर्षमात्र लागेको चीनियाँ अधिकारीहरूले बताएका छन् ।
यो भवनमा सार्वजनिक रूपमा गत जुन २८ तारिखदेखि खुलेको थियो ।






0 comments
Write Down Your Responses