रेखा ले बिहा गरिन् (हेर्नुस बिहा को भिडियो)

अभिनेत्री रेखा थापा चर्चा, स्क्यान्डल र नेपाली चलचित्र परिपूरक जस्तै हुन्। प्रायः समाचारको शीर्षक बनिरहने अभिनेत्री थापा अहिले भने वृक्ष वरसँगको बिहेका कारण उनी फेरि चर्चामा छिन्।
निर्माता छविराज ओझासँग पति–पत्नीको सम्बन्ध त्यागेकी रेखाले असार २६ हाँडीगाउँस्थित वृक्ष वरसँग लगनगाँठो कसेकी हुन्। रेखाले वरसँगको विवाह यज्ञमा एघार जना बाहुनलाई पढाएकी थिइन्। बिहेको यज्ञ दिनभर जसो चलेको थियो। वरसँग रेखाको बिहेमा ‘काली’ का नायक किशोर खतिवडा र प्रोडक्सन म्यानेजर किरण थापा लगायत उपस्थित थिए। बिहेबारे रेखाले भनिन् ‘म धर्ममा विश्वास गर्ने हिन्दु नारी हुँ।


ज्योतिषको सल्लाह अनुसार यो सबै गरिएको हो।’ पहिलो बिहे निर्माता छवि ओझासँग भैसकेको कुरा उठाउँदा रेखाले त्यो बिहेभन्दा पनि एक खालको सम्झौता रहेको बताउने गरेकी छिन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस