एप्पलको आईफोन ६ आउने तयारीमा !!! के के फिचर्स होला त हेर्नुहोस ।



संसारकै अब्बल कम्पनि एप्पलले आईफोन ५ को सफलता पछि आईफोन ६ को तयारी गरिरहेको छ । तर एप्पलले आईफोन ६ लञ्च गर्नु पुर्व नै आईफोन ५ को अपग्रेड भर्सन आईफोन ५ एस लञ्च गर्ने बताईएको छ । सुत्रका अनुसार आईफोन ६ ल्याएपछि एप्पलले आईफोन सेरिजमा अरु नयाँ स्मार्टफोन नबनाउने भएको छ ।

आईफोन ५ को अपग्रेड भर्सन आईफोन ५ एस हुनेछ । प्रबिधि बिशेषज्ञहरुका अनुसार आईफोन ६ को फिचर्स अहिले सम्मका आईफोन भन्दा बिलकुल भिन्न हुनेछ । अर्को बर्ष (सन् २०१४) सम्ममा लञ्च हुने अनुमान गरिएको आईफोन ६ को फिचर्सको बारेमा भने अहिले बाटै चर्चा परिचर्चा भईरहेको छ ।

सामसुङले ग्यालेक्सी एस ४ ल्याएपछि एप्पललाई झन दबाब बढेको छ । त्यसैले पनि एप्पलले आफ्नो प्रयोगकर्तालाई केहि नयाँ दिने योजना बनाईरहेको बुझिएको छ ।

आईफोन ६ को फिचर्सबारे केहि अनुमानित तथ्यः

अपरेटिङ सिस्टम:
आईफोनको लेटेस्ट भर्सन आईफोन ५ मा iOS 6 अपरेटिङ सिस्टम छ । बजारमा विन्डोज ८ अपरेटिङ सिस्टम आएपछि एप्पलले iOS 6 लाई अपग्रेड गर्दै iOS 7 अपरेटिङ सिस्टम राख्ने अनुमान छ । स्रोतका अनुसार एप्पलले नयाँ अपरेटिङ सिस्टमको परिक्षण पनि गरिसकेको छ ।

डिस्प्ले स्क्रिनः
कुनै पनि फोनमा डिस्प्ले स्क्रिन महत्वपुर्ण हुने गर्दछ । एप्पल पहिले देखि नै आई क्वालिटीको डिस्प्ले प्रयोग गर्दै आएको छ । आईफोन ६ मा 1920×1080 मा पिक्जल रिज्युलेशन भएको ४.८ ईञ्चको डिस्प्ले स्क्रिन हुने पुर्व अनुमान छ ।

क्यामराः
आईफोन ६ मा १२ मेगापिक्जलको क्यामरा हुने अनुमान गरिएको छ । हालको आईफोन ५ मा ८ मेगापिक्जलको क्यामरा रहेको छ ।

स्टोरेजः
आईफोन ५ को टप मोडलमा ६४ जिबीको स्टोरेज क्यापासिटी रहेको छ । आईफोन ६ लाई एप्पलले ३२ जिबी, ६४ जिबी, र १ सय २८ जिबीको स्टोरेज क्यापासिटीमा बजारमा उतार्ने बताईएको छ ।

ईन्डोर म्यापिङः
आईफोन ६ मा ईन्डोर म्यापिङको अप्सन समेत रहने अनुमान छ । एप्पलले केहि दिन पहिले मात्रै २० मिलियन डलरमा ईन्डोर लोकशन ट्राकिङ स्टार्ट–अप किनेकाले पनि यस्तो अनुमान गरिएको छ ।

एनएफसीः
आईफोन ५ को जस्तै आईफोन ६ मा पनि यो सुबिधा हुनेछ ।

स्मार्ट बेजलः
आईफोन ६ मा रोचक स्मार्ट बेजल फिचर हुने बताईएको छ । यो फिचरको मद्दतले आवश्यकता परेमा अर्को फोनको डिस्प्ले स्क्रिन प्रयोग गर्न मिल्नेछ ।

प्रासेसर र ¥यामः
आईफोन ५ मा एप्पलको आफ्नै A6 प्रोसेसर रहेको छ । आईफोन ६ मा भने क्वाड–कोर A7 प्रोससर र एआरएम कोरटेक्स A15 ¥याम हुने अनुमान छ ।

मुल्यः
युरोपियन बजारमा आईफोन ६ को ३२ जिबी भर्सन मोडलको मुल्य ५ सय २९ युरो, ६४ जिबी भर्सनको ५ सय ९९ युरो र १ सय २८ जिबी भर्सनको मुल्य ६ सय ९९ हुने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस