तौल घटाउने रोचक उपाय
तपाईलाई थाहा भएकै कुरा हो कि तौल घटाउनका लागि नियमित व्यायाम र खानपानमा उचित ध्यान दिनुपर्छ । तर नयाँअध्ययनले यो पनि देखाएको छ कि केही रमाइला उपायहरु अपनाउनाले पनि तौल घटाउन सकिन्छ । हामीले त्यसलाई विश्वास नगर्न पनि सक्छौं । तर आफ्नो नियमित व्यायामका साथ यी केही प्रमाणित उपायहरु पनि अपनाउनुस् जसले तपाईलाई अझ चाँडो तौल घटाउन सहयोग पुग्छ ।
चक्लेट खानुस
क्यालिफोर्नियाक ो विश्वविद्यालयका वैज्ञानिकहरुले लगभग १ हजार जना मानिसहरुमा गरेको अध्ययनले दैनिक रुपमाचक्लेट खाने व्यक्तिहरु कहिलेकाही मात्र चक्लेट खाने भन्दा तुलनात्मक रुपमा पातलो रहेको पाइयो । जसले दैनिक चक्लेट खाँदा मोटोपन घटाउन मदत पुग्छ भन्ने बुझिन्छ ।
पपकर्न
स्क्र्याटन विश्वविद्यालयको अध्ययन अनुसार पपकर्नमा फलपूmल तथा तरकारीहरुमा पाइने विभिन्न एन्टीअक्साइडहरु पाइन्छ । जसमा थोरै मात्र तेलको प्रयोग गरिन्छ भने प्रशस्त मात्रामा क्यालोरी पाइन्छ ।
रक्सी सेवन
नयाँ अध्ययनअनुसार दैनिक दुई ग्लास रक्सी वा रेड वाइन खाने महिलाहरु रक्सी सेवन नगर्नेहरु भन्दा ३० प्रतिशत कम तौलभएको पाइयो ।
खानाको सुगन्ध लिनुस
एक अध्ययनले देखाए अनुसार खानाको सुघेँर खाँदाखेरीे पनि खानामा रुचि कम हुन्छ । त्यसैले जब तपाइ खाना खान थाल्नुहुन्छ तब खानाको गन्ध लिनुस् जसले तपाईंलाई थोरै खान मदत पुग्छ ।
कफिको दाना सेवन
स्क्र्याटन विश्वविद्यालयको अनुसार कफिको दानाको सेवनले पनि तौल कम गर्न मदत गर्छ । जसले पेटमा चिल्लो र ग्लुकोजको मात्रालाई सन्चीत गर्नबाट रोक्छ । त्यसको स्वाद तितो हुनाले चक्लेटसँग एक वा दुई दानाको सेवन लाभदायक हुन्छ ।
पानीको बोतल साथमा लिनुस
स्क्र्याटन विश्वविद्यालयको अध्ययनअनुसार हातलाई ठण्डा राख्दाखेरी तपाई लामो समय सम्म व्यायाम वा काम गर्न मदत पुग्छ । जसले तपाईलाई तौल घटाउनको लागि सहयोग पुग्छ । त्यसैले काम गर्दाखेरी सम्भव भएसम्म पानीको बोतल हातमा लिनुस ।
व्यायामबाट आराम लिनुस
विशेषज्ञहरुका अनुसार नियमित व्यायाले तपाईको शरीरलाई थकान वा पिडा हुन जान्छ । त्यसको लागि नियमित व्यायामबाट हप्तामा एक वा दुइ दिनको आराम लिनाले तपाईमा पुनर्ताजगी आउँछ । र पुन नियमित काममा फर्किनका लागि स्पूmर्ति प्राप्त हुन्छ ।
एक पिस चिज कम खानुस
अनुसन्धानकर्ताह रुका अनुसार तपाईले हरेक दिन तौल कम गर्नका लागि १० क्यालोरी खाना कटौती गर्नुभयो भने पनि मोटोपनलाई नियन्त्रणमा राख्न मदत पुग्छ।
साथीसँग व्यायाम गर्नुस
ब्राउन विश्वविद्यालयका अनुसार एक्लै शारिरीक व्यायाम गर्ने व्यक्ति भन्दा समूहमा व्यायाम गर्ने व्यक्तिले धेरै तौल घटाएको पाइयो । त्यतिमात्र होइन, सामुहिक व्यायामको आयोजना गर्ने व्यक्तिले समूहमा सबैभन्दा बढी तौल घटाएको पाइयो ।
0 comments
Write Down Your Responses