ल्यापटपको ब्याट्रीको आयु कसरी बढाउने ?
लामो लोडसेडिङ, ल्यापटपमा गर्नुपर्ने काम थुप्रै । तर ल्यापटपको
ब्याट्रीको चार्ज लामो समयसम्म नटिक्दा कसलाई पो सकस नपर्ला र ? बजारमा
विभिन्न थरीका ल्यापटप छन् । किनेको सुरुताका सबैको ब्याट्री ब्याकअप
राम्रै हुन्छ तर छोटो समयमै ब्याट्रीको काम खस्किन थाल्छ अर्थात् ब्याकअप
घट्दै जान्छ ।
ब्याट्रीको चार्ज नखप्नु अर्थात् ब्याकअप राम्रो नदिनुमा एउटा कारण
ब्याट्री पुरानो हुँदै जानु हो तथापि यसका अन्य कारणहरु पनि हुन्छन् ।
ल्यापटपको ब्याट्री कति खप्छ ? भन्ने कुरा प्रयोगकर्ताको हातमा पनि भर पर्छ
। ल्यापटपको ब्याट्रीको आयू बढाउने केही टिप्सहरु यहाँ प्रस्तुत गरेका
छौँ, जसलाई जो कोही ल्यापटप प्रयोगकर्ताले सजिलै व्यवहारमा उतार्न सक्छौँ :
· स्त्रिmनको चहकिलोपना अर्थात् स्त्रिmन लाइटलाई कम गर्नुहोस् ।
स्त्रिmनलाई जति धेरै चहकिलो बनाउनुहुन्छ उतिधेरै बढि उर्जा प्रयोग हुन्छ र
ब्याट्रीको चार्ज छिटो सकिन्छ । किबोर्ड ब्याकलाइटिङ सिस्टम छ भनेपनि
त्यसलाई अफ गर्नुहोस् ।
· ल्यापटपको युएसबी पोर्टमा घुसारेका पेन ड्राइभ जस्ता डिभाइसहरुले पनि
ल्यापटपको उर्जा खान्छन् । त्यसैैले काम सकिएपछि त्यस्ता बाह्य डिभाइस
निकालिहाल्नुपर्छ ।
· ल्यापटपलाई बढि तात्नबाट जोगाउनुहोस् । सकेसम्म हावा चल्ने स्टाण्डमा
राखेर ल्यापटप चलाउनुहोस् । ओछ्यान वा काखमा राखेर ल्यापटप चलाउँदा
ल्यापटपको भित्री भागमा हावा खेल्न पाउँदैन । जसका कारण ल्यापटप बढि तात्छ ।
तापक्रम बढ्दा ल्यापटपको आन्तरिक पंखा तिब्र गतिमा घुम्छ जसका कारण बढि
उर्जा खपत हुन जान्छ र ब्याट्रीको चार्ज छिटो सकिन्छ ।
· तत्कालका लागि ल्यापटप चलाउनु भएको छैन, छिटै ल्यापटप चलाउनुपर्नेछ र
सट डाउन गरिहाल्ने अवस्था छैन भने ल्यापटपलाई हाइबरनेट गर्नुहोस् ।
ल्यापटपलाई स्टाण्डबाई राख्न विना काममा उर्जा खपत हुन्छ तर हाइबरनेट गर्दा
स्त्रिmन बन्द हुनगई उर्जा बचत हुन्छ ।
· विन्डोज अपरेटिङ सिस्टमबाट संचालित ल्यापटपमा पावर प्लान सेटिङ सेवा
उपलब्ध हुन्छ । डिस्प्ले ब्राइटनेस, व्हेन टू टर्न अफ डिस्प्ले, हार्ड
ड्राइभ, युएसबी जस्ता अप्सन दिइएको हुन्छ । यस्ता सेटिङको प्रयोगबाट
विनाकारण हुने ब्याट्रीको उर्जाको खपत घटाउन सकिन्छ र ब्याट्रीको आयू बढाउन
सकिन्छ ।
0 comments
Write Down Your Responses