डिस्टिङ्सन ल्याएर पनि एसएलसीमा फेल !

काठमाडौं, जेठ २९- मंगलबार सार्वजनिक भएको प्रवेशिकाको नतिजामा विशिष्टश्रेणि -डिस्टिङ्सन) ल्याएपनि एक छात्र फेल भएका छन् । चितवनको नारायणगढस्थित बालकुमारी इङ्गलिस स्कुलका छात्र देवेश अधिकारी विशिष्ट श्रेणी ल्याएर पनि फेल भएका हुन् । सिम्बोल नम्बर ०३४४७३५ ‘ए’ भएका उनको सबै विषयमा राम्रो नम्बर आएपनि सामाजिकमा १८ अंक आएपछि फेल भएका हुन् ।
नतिजाअनुसार देवेशको नेपाली विषयमा ७१, बाँकी ६ ओटा विषयमा ९० भन्दा बढि अंक आएको छ । फेल भएको सामाजिकको १८ अंक जोड्दा उनको ८१.७५ प्रतिशत अर्थात ६ सय ५४ नम्बर आएको छ ।
स्कुलमा सँधै प्रथम हुँदै आएका देवेशको अप्रत्यासित नतिजा देखेर उनीलगायत सबै विद्यालयका सबै आश्चर्यचकित भएका छन् । उनीहरुले परीक्षा नियन्त्रण कार्यालयले लापरबाही गरेको हुनसक्ने आरोप लगाएका छन् । देवेसकी आमा रमा अधिकारीले नतिजाले आफुलाई चकित बनाएको बताइन । शिक्षिका समेत रहेकी उनले यस्तो हुनै नसक्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले लापरबाही गरेको आरोप लगाइन् । विद्यालयका प्राचार्य ओमप्रकाश श्रेष्ठले देवेशको परीक्षाफलका आफ्नो विश्वास नरहेको बताए ।
देवेशले पनि अंक नभई ८१ हुनुपर्ने दावी गरेका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक खगराज बरालले विद्यार्थीको प्राप्ताङक सही भएको हुन सक्ने बताए । अन्य विषय राम्रो भएपनि सामाजिक राम्रो  नभएको उनसक्ने उनले दाबी दिए । उनले कार्यालयको लापरवाही भएको आरोपको खण्डन गरे । तर विगतमा पनि यस्तो गल्ती हुँदै आएकाले यो पनि लापरबाही हुन सक्ने स्रोतको दाबी छ ।
नतिजा अप्रत्यासित आएपनछ देवेशले कपि रिटोटलिङ्ग गराउने भएका छन् । देवेशले टेस्ट परीक्षामा ८८ प्रतिशत अंक ल्याएका थिए ।
साभार : रातो पाटी

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस