तपाईको आजको राशीफल


विक्रमसंवत् २०७० साल आषाढ ११ गते मङ्गलबार,
ईश्वीसन् २०१३ जुन २५, नेपाल संवत् ११३३,
आजको सूर्योदय – ५:०४:१७ बजे र सूर्यास्त – ६:५२:१६ बजे,
आषाढ कृष्णपक्ष (तछलागा), द्वितीया तिथि,
दिउँसो १२ बजेर ३९ मिनेटसम्म, त्यसपछि तृतीया तिथि,
चन्द्रमा धनु राशीमा, बिहान ६ बजेर ४५ मिनेटसम्म,
त्यसपछि मकर राशीमा,उत्तराषाढा नक्षत्र मध्यरात्रीपूर्व ११ बजेर ३६ मिनेटसम्म,
त्यसपछि श्रवण नक्षत्र,ऐन्द्र योग साँझ ६ बजेर २६ मिनेटसम्म,
त्यसपछि वैधृति योग,गर करण दिउँसो १२ बजेर ३९ मिनेटसम्म त्यसपछि वणिज करण,राहुकाल दिउँसो ३ बजेर २७ मिनेटदेखि ५ बजेर १० मिनेटसम्म,काल बारबेला दिउँसो १ बजेर ४३ मिनेटदेखि ३ बजेर २७ मिनेटसम्म,रोग बारबेला बिहान ५ बजेर ०४ मिनेटदेखि ६ बजेर ४८ मिनेटसम्म र पुनः दिउँसो ५ बजेर ०९ मिनेटदेखि साँझ ६ बजेर ५२ मिनेटसम्म ।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

समय मध्यम खालको छ । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ । प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । आर्थिक व्यय भए पनि वातावरण राम्रो बन्नेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

कन्या केटीलाई कुनै उपहार प्रदान गरेर आफ्ना मनका असीमित इच्छा पूर्ण गर्ने दिन हो आज । अधुरा कामहरु पूर्ण हुनेछन् । आर्थिक लाभ हुने नयाँ कामको थालनी हुनेछ । आम्दानीका मार्ग प्रशस्त हुनेछन् । शुभ समाचार प्राप्त हुने योग छ । स्वास्थ्यमा सुधार होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज अनावश्यक र झुठो आरोप आइलाग्ने सम्भावना छ । कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । अध्ययनमा जाँगर चल्ने छैन । वैदेशिक क्षेत्रका काममा भने राम्रै छ । बिहानको समयभन्दा साँझको समय बढी निराशाजनक रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । मन मनोरंजनात्मक क्रियाकलापतर्फ अग्रसर रहला । साँझपख कलहको योग छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । आर्थिक लाभको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

प्रतिकूल समय चल्दैछ । कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । खेलकुदमा संलग्न हुनु पर्नेछ । तपार्इंले नचाहदा नचाहँदै पनि आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

पारिवारिक वातावरणमा केही सुधार आउने छ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न तर व्यवहारिक एवं आर्थिक लाभमा कमी नै आउनेछ । लेखन प्रकाशन सम्बन्धी क्षेत्रमा लाग्ने समय छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

खर्च अलि वृद्धि हुने समय छ । कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । व्यापार व्यवसायमा तनाव उत्पन्न हुनेछ । प्रेममा धोका हुने सम्भावना छ । सामान्य कुरामा पनि विवाद उत्पन्न हुन सक्छ । आमा वुवाको स्वास्थ्यमा समस्या आउने देखिन्छ । समय राम्रो छैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

समय राम्रै छ । साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । आज विगतका कमीकमजोरी सम्झने दिन होइन, मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

हिजोआज राम्रै समय चल्दैछ । पछाडि कुरा काट्नेहरू चुप लाग्नेछन् । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला । मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट राम्रै होला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज तपाईंले गरेको सानो प्रयासद्वारा डुबेको धन अप्रत्याशित ढंगले फिर्ता आउन सक्छ । परिवारका सदस्यहरुमा खुसी, उमङ्ग र हर्षको सञ्चार हुनेछ । दिन रमाइलो गरी बित्नेछ । सानोतिनो पार्टी, पुराना साथीभाइसित जमघट वा भोजभतेरमा सहभागी हुने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

एका बिहानै शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । व्यापार र पशुव्यवसायबाट सामान्य लाभ नै प्राप्त हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारीवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार व्यवसाय मध्यम रहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस