" वलिउड अभिनेत्री जिया खान मृत भेटिइन् "
मुम्बई
जेठ २१ गते ।
बलिउड नायिका जिया खान मृत अवस्थामा भेटिएकी छन् । २५ वर्षीय
खानले सोमबार राति मुम्बईको जुहूमा रहेको आफ्नै घरमा आत्महत्या गरेको स्थानीय प्रहरीले जनाएको छ । उनी मुम्बईमा आमा र बहिनीसित बस्द आएकी थिइन् । आमा र बहिनी घर बाहिर
गएका बेला उनले
आत्महत्या गर्नुभएको मुम्बई
प्रहरीको भनाई छ । खान
केही समयअघिदेखि डिप्रेशनबाट पीडित
रहेपनि पछल्लो समय फिल्म खेल्ने
तयारीमा थिइन् ।
यस विषयमा उनी केही फिल्म
निर्मातासंगको छलफलमा पनि रहेकी भारतीय
सञ्चार माध्यमहरुले जनाएका छन् । उनले
सन् २००७ मा रामगोपाल
बर्माको निःशब्द चलचित्रबाट अभिनय
शुरु गरेकी थिइन् ।
उनले गजनी, हाउसफुल सिनेमा र
केही विज्ञापनमा पनि अभिनय
गरेकी थिइन् । घटनाप्रति भारतीय
कलाकारले दुःख व्यक्त गरेका छन् ।
घटनाको अनुसन्धान भइरहेको मुम्बई
प्रहरीले बताएको छ
0 comments
Write Down Your Responses