कुवेतमा यौनजन्य गतिविधि गरिरहेको अवस्थामा रंगेहात नौँ जना नेपाली पक्राउ
असार १६ । कुवेतमा पाँच जना युवती र चार जना युवा यौनजन्य गतिविधि गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
कुवेतको जलिब अल शुयोख क्षेत्रमा सुरक्षाकर्मीहरुले छापा मारेर पाँच नेपाली युवती र चार नेपाली युवकलाई यौन जन्य गतिविधी गरेको आरोपमा कुवेत प्रहरीले पक्राउ गरेको अरबटाइम्स डटकमले लेखेको छ ।
उक्त अनलाइनले उनीहरुले वेश्यावृत्ति गरेको भन्दै थप अनुसन्धान भइरहेको समाचार पनि लेखेको छ । प्रहरीले अहिले सम्म पक्राउ परेकाहरुको नाम र ठेगाना भने खुलाएको छैन ।अरब टाइम्समा प्रकाशित समाचार अनुसार फरवानियाका कार्यकारी सुरक्षा निर्देशक मेजर जनरल इब्राहिम अल तराह कहाँ त्यो क्षेत्रमा नेपाली आप्रवासीहरु वेश्यावृत्तिमा संलग्न भएको सुचना आएपछि उक्त गतिविधीको पर्दाफास भएको हो ।
सोही क्रममा क्रममा पाँच नेपाली महिला र चार नेपाली पुरुषलाई कुवेती प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी प्रहरीले उनीहरुले साथमा ब्ल्यु फिल्म र अरु अश्लील सामाग्री पनि त्यहाँबाट बरामद गरेको बताएको छ ।
पक्राउ परेका मध्ये दुई नेपाली महिला कम्पनीबाट भागेर यस्तो गतिविधी गर्दै आएको बताइएको छ ।
पक्राउ परेकाहरुका विरुद्ध मुद्दा दर्ता गरि थप कारवाही गरिने जनाइएको छ ।

0 comments
Write Down Your Responses