प्रचण्ड पुत्र प्रकाश दाहाल नेपाल प्रहरीमा डिएसपी

२७ जेठ, काठमाडौं ।
एकिकृत माओवादीका पुत्र प्रकाश दाहाल नेपाल प्रहरीमा डिएसपी भएका छन । प्रहरीमा डिएसपी बनेका दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत बर्दी सहित फोटो सार्वजनिक गरेका हुन ।
दाहाल प्रहरीमा साँच्चै डिएसपी बनेका हुन होइनन यसबारेमा महानगरिय प्रहरी कार्यालयसँग जानकारी माग्दा उताबाट हाँसोको फोहोरा आयो । जवाफमा भनियो त्यस्तो होइन फेसबुकमा राख्नको लागी कतैबाट लगाउनुभएको होला । यसबारेमा फेसबुकबाटै भएपनि प्रकाश दाहालको फेसबुकमा के तपाई साँच्चै प्रहरीमा डिएसपी बन्नु भएको हो भनि राखेको प्रश्नको जवाफ पाउन सकिएन ।
त्यसो त सामाजिक सञ्जालमा राखेको डिएसपीको बर्दी धारी फोटो त्यस्तै ५० मिनेट पछि दाहालले हटाएका छन् । तर उनले हटाउनुअघिनै हामीले सुरक्षित राखेको फोटो यस्तो छ । बाँकी कानुनी प्रक्रिया अनुसार यसरी प्रहरीको बर्दी लाउन पाइने नपाइने नेपाल प्रहरीनै जानोस् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस