ओच्यानमै बम बर्सिए पछि
काठमाडौं - सात वर्ष लामो काबुल बसाइमा उनीहरु दिनहुँ सानातिना विस्फोटका
घटना देखिरहन्थे। दुर्भाग्य, जुलाई २ को बिहान उनीहरुका लागि अनिष्ट बोकेर
आयो।'हामी सबै सुतिरहेका थियौं, एक्कासि ठूलो आवाज आयो। कोठा पूरै हल्लियो,
सामान आफैंमाथि खस्न थाले। धूलो र धुवाँका कारण सास फेर्न पनि गाह्रो
भइरहेको थियो,' दुई साताअघि तालिबानी आक्रमणमा घाइते भएर फर्किएका धादिङ
गुम्दीका विपीन सिम्खडाले त्यो बीभत्स दृश्य सम्भि्कए, 'उठेर हिँड्न खोज्दा
त खुट्टा नै चलेन।'
काबुलस्थित उत्तरएटलान्टिक सन्धि संगठन (नेटो) को कार्यालय भवनमा असार १८
(जुलाई दुई) मा भएको तालिबान आक्रमणमा परेका चार नेपालीमध्ये दुईजना
उपचारका लागि नेपाल आएका हुन्।
विस्फोटमा घाइतेमध्ये बढी चोट लागेका धादिङ गुम्दीका ४६ वर्षीय विपीन र
पोखराका ४६ वर्षीय वासुदेव रानाभाट थप उपचारका लागि असार २६ गते एयर
एम्बुलेन्सबाट काठमाडौं आइपुगेका थिए। दुवैको ललितपुर बिएन्डबी अस्पतालमा
उपचार भइरहेको छ। दुवैका खुट्टा चल्दैन।
'विस्फोटलगत्तै बाहिर आक्रमणकारीहरु आत्मघाती बम लिएर हामीतिर आउँदै थिए,
हामीतर्फका सेनाले गोली बर्साएकाले उनीहरुले थप आक्रमण गर्न पाएनन्,
भाग्यले बाँचेर आयौं, पशुपतिनाथले रक्षा गरे,' विपीनले घटनाको त्रासदी
सम्भि्कए।
विस्फोटपछि २० मिनेटमै अमेरिकी सेनाले हेलिकप्टरमा आफूहरुलाई बाग्राम
अस्पताल पुर्याफएको उनले सुनाए। विस्फोटको केही घन्टापछि मात्र आफूले घरमा
फोन गरेर आफू र अरू साथी सकुशल रहेको जानकारी गराएको बताए। 'तर केही
मिडियाले हाम्रो मृत्यु भइसकेको समाचार दिएका रहेछन्,' विपीनले भने,
'बुझ्दै नबुझी गलत समाचार दिएको प्रति मेरो ठूलो चित्तदुखाइ छ। पछि मात्र
ती मिडियाले खबर सच्याए।'
विस्फोटको एक सातापछि दुवैजनाले नेपाल जाने इच्छा गरेपछि उनीहरु कार्यरत
संस्था 'डाइन क्लब' ले नेपाल पठाइदिएको थियो।
राति १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका दुवैजना कम्पनीले व्यवस्था
गरेअनुसार नै उपचारका लागि सोझै बिएन्डबी अस्पताल पुगेको बताउँछन्।
दुवैको उपचारमा वरिष्ठ चिकित्सक डा. अशोक बास्कोटा, डा. बाबुकाजी श्रेष्ठ,
डा. प्रभातरञ्जन बराल, डा. भक्तबहादुर बुढाथोकी, डा. जगदीशलाल वैद्य, डा.
राजेश चौधरीलगायतको टोलीले उपचार गरिरहेका छन्।
चिकित्सकका अनुसार सिम्खडाको दाहिने खुट्टाको कम्मरसँग जोडिएको जोर्नीभन्दा
थोरै तलको हड्डी भाँच्चिएको छ भने रानाभाटको देव्रे खुट्टाको कम्मरको
जोर्नी खुस्किएको छ।
अफगानिस्तानबाट परीक्षण रिपोर्ट नल्याएकाले दुवैको फेरि एक्स–रे र
सिटीस्क्यान गरिएको डा. चौधरीले जानकारी दिए। दुवैजनाको उपचार खर्च काबुलमा
कार्यरत कम्पनीले नै बेहोर्ने जानकारी विपीनले दिए। उनका अनुसार कम्पनीले
अहिले पनि हरेक दिन फोन गरेर उपचारबारे जानकारी लिइरहेको छ। 'यहाँ निकै
राम्रो उपचार भइरहेको छ,' उनले भने, 'हामी घरपरिवारका साथ थप उपचार
गराँउँछौं भनेपछि कम्पनीले पठाइदियो।'
काबुलबाहिर काम गर्ने भए पनि सिम्खडा उक्त समयमा आफ्नो अफिसको मुख्य
कार्यालय आएका थिए भने रानाभाट विस्फोटको भोलिपल्ट अर्थात् असार १९ मा
कम्पनीबाट बिदा लिएर नेपाल फर्किने तयारीमा काबुल आइपुगेका थिए। सिम्खडा
सन् २००६ देखि र रानाभाट सन् २००७ देखि सेक्युरिटी गार्डमा कार्यरत थिए।
0 comments
Write Down Your Responses