१ सय ८ किलोमिटर रेलमार्ग बनाउने सरकारी घोषणा यस्तो छ सम्भब होला त् ??? हेर्नुस डेमो भिदियो
असार ३१
नेपाल सरकारले १५ वटा आयोजनाहरुलाई ‘राष्ट्रिय गौरबका आयोजना’अन्तरगत राखेको छ ।
आइतबार सार्वजनिक गरेको बजेट भाषणमा पहिल्यै घोषणा भएका आयोजनाहरुमा सरकारले दुर्इवटा आयोजाना थप गरेको छ ।
पशुपति क्षेत्र विकास कोष, लुम्बिनी
क्षेत्र विकास, राष्ट्रपति चुरे संरक्षण, भेरी बबई डाइभर्सन आयोजना र ४ सय
५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सरकारबाट घोषणा गरिएका
राष्ट्रिय गौरबका आयोजनाहरुमा हुन् ।
यस्तै काठमाडौं तराई(मधेस फास्ट ट्रयाक,
मध्यपहाडी लोकमार्ग, तराई(मधेसको हुलाकी राजमार्ग, पूर्व(पश्चिम रेलमार्ग,
गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थल पनि राष्ट्रिय गौरबका आयोजना
अन्तरगत परेका छन् ।
यसैगरी निजगढ अन्तरराष्ट्रिय विमानस्थल,
मेलम्ची खानेपानी आयोजना रानीजमरा कुलरिया सिंचाइ आयोजना र सिक्टा सिंचाई
आयोजना पनि राष्ट्रिय गौरवका आयोजना हुन् ।
तराईको हुलाकी लोकमार्गमा १ सय ५० वटा
पुलहरु निर्माण गर्नुपर्नेमा हाल १७ वटामात्रै बनेका छन् । आगामी आर्थिक
वर्षमा थप २० वटा पुल सहित ३७ वटा पुल बनाउने सरकारी कार्यक्रम छ ।
सरकारले यसवर्ष बर्दिबास सिमरा खण्डमा १
सय ८ किमी लामो रेलमार्ग बनाउने बताएको छ । सिमरा बुटवल खण्डको विस्तृत
परियोजना प्रतिवेदन तयार पारिने भएको छ ।
त्यसैगरी काठमाडौं उपत्यकाका लागि मेलम्ची
खानेपानी आयोजनाको सुरुङ र पानी प्रशोधनको नयाँ ठेक्का सम्झौता भइसकेको र
थप कार्यका सरकारले लागि ५ अर्ब २४ करोड बजेट छुट्याएको छ ।
यी आयोजनाहरुका प्रमखसँग सरकारले
कार्यसम्पादन सम्झौता गरेर काम अगाडि बढाउने र स्तरीयताका लागि राष्ट्रिय
सतर्कता केन्द्रबाट प्राविधिक परीक्षण गराउने सरकारी योजना रहेको छ ।
0 comments
Write Down Your Responses