एकैपटक पाच सन्तान लाई जन्मदिने यी २३ बर्षिय महिला

चेक गणतन्त्रमा एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिएकी छिन् । उनका यसअघि एक छोरा छन् । अधिकारीहरुका अनुसार २३ वर्षीया अलेक्जेन्ड्रा किनोवाले चार छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएको चेक गणतन्त्रमा पहिलोपटक हो । उनको प्रसुती अपरेशनबाट गरिएको हो । चिकित्सकहरुले उनको प्रसवमा कुनै ठूलो समस्या नआएको बताए ।
यद्यपि हाल बच्चा र आमालाई आईसीयूमा राखिएको छ र उनीहरुको अवस्था राम्रो रहेको छ । छोराको नाम डेनियल, माइकल, अलेक्स र मार्टिन राखिएको छ भने छोरीको नाम टेरेजका राखिएको छ । राजधानी प्रागबाट २० किलोमिटर नजिकको मिलोविक शहरमा बस्दै आएका अलेक्जेन्ड्रा र एन्टोनिन क्रोससेन दम्पत्तिको यसअघि नै एक छोरा छन् । अलेक्जेन्ड्रालाई सुरुमा जुम्लाह सन्तान होला भन्ने लागेको थियो ।
तर, मार्चमा डाक्टरले चार बच्चा भएको बताएका थिए तर, अपि्रलमा ५ सन्तान भएको प्रष्ट पारेका थिए । स्थानीय पत्रिकाका अनुसार अस्पतालमा पुगेका एन्टोनिन सुरुमा केही तनावमा देखिउका थिए । टे्रनमार्फत आएका उनले भनेका छन्-म पूरा बाटोभर तनावमा थिए । डर लागिरहेको थियो कि म यो सबै सम्हाल्नसक्दिन
बच्चा जन्माएको भिडियो तलको बक्स मा हेर्नुस |||



0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस