"८ वर्षीय बालिकाको बलात्कारपछी हत्या"

असार, एजेन्सी । ८ वर्षकी एक बालिकाको बलात्कारपछी हत्या गरिएको छ । भारतको गान्धी नगरमा गत मंगलबार बिहान ती बालिकाको बलात्कारपछी हत्या गरिएको प्रहरीले जनाएको छ । 
फुटपाथमा बस्दै आएका ती बालिकाका परिवारमा बिहान उठेर हेर्दा आफ्नी छोरी नदेखेपछी खोज्दै जाँदा उनीहरू बसेको स्थानबाट करिब १ सय फिट पर बालिकालाई फेला पारेका थिए । बालिकालाई फेला पारेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए र बालिकालाई उपचारका लागि अस्पताल पुर्याइएको थियो । तर, बालिकाको अस्पताल पुग्ने बित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ । 
बालिकाको शव परिक्षण गर्दा उनको बलात्कार गरिएको र मार्ने मनसायका साथ शरिरमा प्रहार गरिएको भेटिएको छ । यस घटनालाई प्रहरीमा दर्ता गरी प्रहरीले पनि अनुसन्धान थालेको छ ।
यस घटनामा संलग्न हुन सक्ने आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइ सोधपुछ गरिएको प्रहरीले जनाएको छ । ती बालिकाका बाबु क्रेन चालक हुन् 

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस