सेक्स इज नोथिङ–रिया श्रेष्ठ
बाँकेकी रिया श्रेष्ठ विगत १५ वर्षदेखि काठमाडौंमा छिन्। कलेजको अध्ययनको क्रममा काठमाडौं आएकी उनी मोडलिङ र चलचित्र क्षेत्र दुवै विधामा यतिबेला सक्रिय
छिन्। विशेष गरेर सिनेमाको पर्दामा नायिका भएर देखापर्ने उनको तीव्र इच्छा क्रमशः पूरा हुँदै छ। यसै क्रममा अभिमन्यू, राजु राजा राम र मालतीको भट्टी नामक सिनेमामा सानोतिनो भूमिकामा देखापरेकी रियालाई अब चाँडै नायिकाको रूपमा भने बोस, तृष्णा, त्रास र जञ्जिरमा देख्न पाइनेछ।
० सिनेमाको हिरोइन बन्ने रहरचाहिँ किन आयो नि?
– रहर मात्र होइन। यो क्षेत्रमा मनैदेखि लागेर केही गर्छु भन्ने इच्छा छ।
० धेरै प्रतिस्पर्धा छ नि त। जम्न सकिएला?
– म प्रतिस्पर्धादेखि डराउँदिनँ प्रतिस्पर्धा भए पो खारिन्छ।
० अनि हिरोइन बन्न त निर्मातालाई खुसी पार्न सक्नुपर्छ भन्छन् नि?
– अरूको बारेमा मलाई थाहा भएन। मैले अहिलेसम्म अभिनय गरेका फिल्ममा यस्तो अनुभव संगाल्नुपरेको छैन।
० साँच्चै हो कि ढाँटेको…?
– किन ढाँट्नु। सम्झौता गरेर सिनेमाकी हिरोइन बन्नु छैन मलाई।
० आफू तरुनी भएको महसुस कुन उमेरमा भयो?
– त्यस्तै २१–२२ वर्षको उमेरमा।
० त्यो उमेरमा के हुँदोरहेछ नि?
– कुनै राम्रो पुरुष देख्नासाथ मनमा बेग्लै तरङ्ग पैदा हुँदोरहेछ अनि उसैको बारेमा सोचिँदोरहेछ।
० कुनै पुरुषसँग पे्रम?
– पुरुषसँगको पे्रममाथि मलाई विश्वास लाग्दैन। किनकि मैले ठूलो चोट पाएकी छु।
० आँखा लगाउने पुरुषहरू कत्तिका छन्?
– मलाई आँखा लगाउने पुरुषहरू धेरै छन्, तर मैले आँखा लगाउने पुरुष भने अहिलेसम्म भेट्टाएकी छैन।
० सेक्स के हो?
– सेक्स इज नोथिङ। तर त्यसलाई कुन रूपमा प्रयोग गर्ने हो त्यसमा भर पर्छ।
० सेक्सको अनुभव?
– जवाफ छैन यसको? यो नितान्त व्यक्तिगत
कुरा हो।

0 comments
Write Down Your Responses