गायिका सिर्जना विरही जुवा खेल्दाखेल्दै पक्राउ
काठमाडौं : पटकपटक विवादमा तानिदै आएकी लोकगायिका सिर्जना विरही थापा
आइतबार साँझ सामाखुसीमा जुवा खेल्दाखेल्दै पक्राउ परेकी छन् । म्यानपावर
कम्पनीका नाममा सामाखुसीमा सञ्चालित मिनी क्यासिनोमा जुवा खेलिरहेका बेला
सिर्जनासहित सातजना जुवाडे पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उक्त घरमा क्यासिनोकै ढंगबाट साजसज्जासहित जुवा खेलाइँदै आएको थियो । महानगरिय प्रहरी परिसर काठमाडौंले समाखुसीको भण्डारीटोलस्थित मल्टी पर्पोज मेनपावरको माथिल्लो तलामा सञ्चालित जुवाखालमा छापा मारेर नगदसहित उनीहरुलाई पक्राउ गरेको हो । त्यहाँ क्यासिनोमा प्रयोग गरिने क्वाइन पनि फेला परेको प्रहरीले जनाएको छ ।
जुवाखालबाट तीन लाख तीन हजार रुपैयाँ नगद, ७६ वटा क्वाइन, एउटा पाँच लाखको चेकर अर्को खाली चेक बरामद भएको छ ।
गायिका सिर्जना यसअघि पनि ढिकुटी खेल्दा ठगी गरेको आरोपमा पक्राउ परेकी थिइन् । बनको काफल वनकै चरीलाईलगायतका चर्चित गीतकी गायिका सिर्जना पटकपटक विवादमा तानिँदै आएकी छन् ।

0 comments
Write Down Your Responses