सम्भोग को लागि लिंग कत्रो हुनुपर्छ ?

मेरो लिंग अरूको भन्दा सानो छ। यसले मेरो वैवाहिक जीवनमा के-कस्तो असर पर्ला ? अर्थात् के मैले आफ्नी श्रीमतीलाई सन्तुष्ट पार्न सकुँला ?
लिंग कत्रो हुनुपर्छ ?
अन्य व्यक्तिसँग तुलना गर्नुभए पनि तपाईंले आफ्नो लिङ्गको कुनै पनि नाप दिनुभएको छैन। लिङ्ग साँच्चिकै सानो भएको हो वा होइन पक्का गर्नुहोस्। कतिपय व्यक्तिले लिङ्गको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर चिन्ता गर्छन्। यस्तो स्थितिलाई Small Penis Syndrome पनि भनिन्छ। सामान्यतः उत्तेजित अवस्थामा लिङ्गको सालाखाला लम्बाइ यस्तै १५ सेन्टिमिटर हुन्छ। धेरैजसो व्यक्तिको लिङ्गको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटरभित्र परे पनि यस्तै ७ प्रतिशतजति व्यक्तिको लिङ्ग ११ सेन्टिमिटरको हाराहारीमा हुने देखिएको एक अध्ययनले बताएको छ। ठीकसँग नाप गर्न शिथिल अनि उत्तेजित दुवैको नाप लिनुपर्छ।
यो पक्कै हो कि लिङ्ग एक विशेष अङ्ग हो र यसको सांकेतिक महत्त्व बढी छ। सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ। कतिपय व्यक्तिले यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँग जोडिएको मान्छन्।
के श्रीमतीलाई यौनसुख दिन सकिएला

कुनै राम्रो दृश्य हेर्न अरूले सहयोग गर्न सक्छन् तर त्यसलाई हेरेर आनन्द त आफैंले प्राप्त गर्नुपर्छ। त्यसैगरी यौनसुखको सन्दर्भमा पनि अरूले सहयोग गर्न सक्छन् तर व्यक्ति आफैंले नै यौन सुखको अनुभूति गर्नुपर्छ।
श्रीमती वा यौनसाथीलाई यौन सुख दिन नसकिने हो कि भन्ने चिन्ताले सताएको छ भने के बुझ्नुहोस् भने सामान्यभन्दा सानो लिङ्ग भए पनि यौन सम्पर्क गर्न सकिन्छ। यदि सजिलै हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला। मलाई लाग्छ, लामो लिङ्गभन्दा पनि तपाईंलाई आत्मविश्वासको आवश्यकता छ। जहाँसम्म आफ्नी यौनसाथीलाई यौन सुख प्रदान गर्ने क्षमताको प्रश्न छ त्यो पनि मजाले सकिन्छ।
महिलाको यौनसंवेदनशील अंङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन। प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो। महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट यौन आनन्द प्राप्त गर्छन्। यो भगांकुर वाहिरतिरै हुन्छ। योनिको लम्बाइ -४ इन्च)लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एक तिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतया छोटो भनिने लिङ्ग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने खालकै हुन्छ। हुन सक्छ, कतिपय महिलालाई ठूलो आकारको लिङ्गप्रति आकर्षण होला तर नापकै आधारमा बढी यौन आनन्द पाइनेचाहिँ होइन। योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरू तथा यौनकेशहरू पाइने भागहरू अनि स्तन तथा शरीरका अन्य भाग पनि यौन संवदेनशील हुन्छन्। यी अङ्गका घर्षण वा मर्दन पनि यौन सम्पर्कको अन्तरङ्ग क्रियाकलाप हुनसक्छ।
यदि लिङ्ग बढाउने उपायहरू नै गर्न चाहनुहुन्छ भने, १. कसरत तथा हातैले तन्काउने विधि ः दैनिक रूपमा पर्याप्त समय लिङ्ग-दोहन -दुहुने) जस्तो गरी तन्काए लिङ्गको नाप बढ्ने दाबी गरिएको छ। २. तौल वा यन्त्रको सहायताले तन्काउने विधि ः कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई वा कअचभध-भहतभलमभच भएका यन्त्रले लिङ्गको नाप बढाउने। कतिपयले यस्ता विधिले अनावश्यक रूपमा लिङ्गमा चोटपुग्ने कुरामा सजग हुनुपर्ने कुरामा जोड दिएका छन्। ३. पम्प प्रयोग गर्ने विधि ः दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने विधिले अन्य समयमा भन्दा लिङ्गको उत्तेजना कडा र बढी हुने दाबी गरिएको छ। यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजानिए लिङ्गमा चोट पुग्ने सम्भावना हुन्छ। ४. शल्यक्रिया ः यो विधिमा लिङ्गलाई अडयाउने तन्तु काट्ने, बोसो तन्तु भर्ने वा अन्य वस्तु राख्ने -प्रत्यारोपण) गर्ने जस्ता उपाय गरिन्छ। यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकबाट गारउनु आवश्यक छ। यसका बाबजुद कतिपय स्थितिमा शल्यक्रिया गराउने व्यक्तिको आशाअनुरूप नतिजा नआएको कुरा पनि गरिन्छ
शीघ्र स्खलन किन हुन्छ र यसको केही उपचार छ कि ?
म ४१ वर्षिय विवाहित पुरुष हुँ। मलाई मेरी श्रीमातीसँगको यौन सम्बन्धप्रति असाध्यै सन्तुष्टि थियो, तर केही वर्षयता भने हाम्रो यौनसम्बन्धमा केही समस्या पैदा हुन थालेजस्तो महसुस भएको छ। जसका कारण हामी दुवै तनावमा छौं। खास कारण के हो भने मेरो अहिले छिटो स्खलित हुन थालेको छ  यसले गर्दा मलाई पहिले जुन किसिमको यौनआनन्द आउँथ्यो, त्यो अहिले गुम्दै गएको छ। खासमा स्खलनका लागि आवश्यक न्यूनतम समय कति हो ? शीघ्र स्खलन किन हुन्छ र यसको केही उपचार छ कि ?
पी.
मानिसहरू नयाँ-नयाँ शैली तथा तौरतरिकाको खोजी गरी यौन सन्तुष्टि लिन्छन्। यौनसम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ। दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ।  धेरैजसो केटा मानिसको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्र स्खलनको अवस्था आउँछ। त्यतिबेला महिलालाई केही असन्तुष्टि महसुस भए पनि खासमा शीघ्र स्खलनले महिला तथा पुरुष दुवैमा यौन असन्तुष्टि सिर्जना गर्छ।
स्खलनका लागि आवश्यक समयका बारेमा पनि थुप्रै अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समय औसतमा ३ देखि ७ मिनेट हुनु आवश्यक छ। केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ, तर चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले यौनसम्पर्क एक मिनेट पनि टिकेन भने त्यसलाई शीघ्र स्खलनको अवस्था भनेर परिभाषित गरिएको छ। शीघस्खलनको व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणमा चाहिँ यौनका बारेमा कम ज्ञान, यौनसम्पर्कका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच र विभिन्न किसिमका डर-त्रासजन्य कुरा जिम्मेवार रहने गरेका छन्। अस्वीकृत यौन सम्बन्ध, परस्त्रीगमन वा परपुरुषगमन, केही क्षणअघिको हस्तमैथुनबाट संवेदनशील अवस्थामा पुगेका यौन अंगहरू, एकान्तपनको अभाव वा सामाजिक बन्धनका सीमाबाहिर जाँदा हुने विभिन्न किसिमका डर-त्रासका कारण यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ। यस्तो बेला शीघ्र स्खलन हुन सक्छ। त्यस्तै टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन्। मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग कम मात्रामा उत्तेजित हुने कारणले पनि शीघ्र स्खलन हुने गरेेको अध्ययनहरूले देखाएका छन्। हाइपरथाइरोइडिज्म र शीघ्र स्खलनको पनि सम्बन्ध छ। हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्र स्खलनबाट पीडित हुने अध्ययनहरूले देखाएका छन्। त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
आपसमा माया र भावना साटासाट गर्ने अवसर उपलब्ध हुनुपर्छ अर्थात् सबै किसिमको वैधानिकता हुनुपर्छ भने शारीरिक तथा मानसिक स्वस्थता पनि आवश्यक छ। सक्रिय जीवन वा शारीरिक अभ्यास गरेर शरीरलाई तन्दुरुस्त अवस्थामा राख्नुपर्छ। मानसिक स्वास्थ्यता भन्नाले तनावरहित जीवनशैली हो। यी सम्पूर्ण कुराको अभावमा मानिसमा केही न केही त्रास, डर वा शंका-उपशंकाहरू हुन्छन् र यिनले गर्दा यौनसम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन हुन्छ। यसलाई मानिसका व्यवहारजन्य समस्या भनिन्छ र यी मनोविज्ञानसँग पनि सम्बन्धित छन्। उल्लेखित सवै परिवेश उपलब्ध भए पनि दुई जनाबीच यौन सन्तुष्टिसँग सम्बन्धित केही समस्या छन् भने तिनको विश्लेषण गरी आवश्यक उपचार गराउनुपर्ने हुन्छ।
जहाँसम्म शीघ्र स्खलनको कुरा छ, यौन आनन्दको चरम अवस्थालाई लम्ब्याउन वा शीघ्र स्खलन रोक्न प्रस्तावित केही विधि पनि छन्। जस्तो कि शीघ्र स्खलन केही समय रोक्न केही क्षणसम्पर्क नै रोक्नुपर्ने हुन्छ। यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ। अर्को भनेको लिंग उत्तेजनाको क्रम पनि केही क्षणलाई रोक्ने वा खुम्चिने गराउनु आवश्यक छ। बढी संवेदनशील भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयलाई शीघ्र स्खलन रोक्न सकिन्छ। यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई कम गर्छ। यही क्रमलाई दोहोर्‍याइरहनुपर्छ जब अर्गाज्म अर्थात् चरम अवस्थामा पुग्न लाग्छ। यसलाई एउटा सबैभन्दा प्रभावकारी विधि मानिन्छ। यसका साथै डर, चिन्ता तथा त्रास पैदा हुने गतिविधिहरूमा संलग्न हुनु हुँदैन। यदि डर, त्रास वा चिन्ताको स्थितिले सताइरहे मनोविद् वा मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस