रणवीर र कटि्रनाको बिहेको चर्चा, होला त बिहे ?
बलिउड नायिका कटि्रना कैफ र नायक रणवीर कपुर बिचको सम्बन्धमा दैनिक एउटा न
एउटा बिषय बाहिरी रहेको छ । रणवीर र कटि्रना आइफा अवार्ड छोडेर विभिन्न
देशमा रमाएको चर्चा सेलाउन नपाउँदै यतिबेला नयाँ खबरले बलिउड बजार तातेको छ
।
रणवीर कटि्रनाको बिहेको खबरले सिंगो बलिउड बजारमा नै हलचल मच्चाएको छ ।
बिहेका लागि नायक कपुर २ बर्ष अघि देखि नै तयार रहेको बताइएको छ । यता
नायिका कटि्रना कैफको बिषयमा रणवीरका पिता ऋषि कपुर र आमा नितु कपुर पनि
तयार भएको भारतिय संचारमाध्यमले उल्लेख गरेका छन् ।
रणवीर र कटि्रना विगत २ बर्षदेखि निक्कै गहिरो प्रेमसम्बन्धमा रहेको
बताइएको छ । यसैले अब यि दुइले आफूहरुको सम्बन्धलाई बिहेमा परिणत गर्ने
तयारी गरेका हुन् ।
नायिका कटि्रना कैफ केही दिन अघि आयोजना भएको आइफा अवार्डका लागि मकाउ
प्रस्थान गर्न लागेको तस्बिर बाहिर आएको थियो । तर उनी एयरपोर्टबाट मकाउ
नगई रणविरसँग होलिडे मनाउन स्पेन तर्फ मोडिएकी थिइन् । यस्तै रणविर केही
समय अघि चलचित्र ‘ए जवानी हे दिवानी’को प्रमोशनका लागि लण्डन पुगेका थिए ।
तर कटि्रना पनि रणवीरसँगै भएकाले दीपिका प्रमोशनका लागि नगएको बताइएको छ ।
रणवीर र कटि्रनाको सम्बन्ध चलचित्र ‘राजनीति’को छायांकनसँगै सुरु भएको
बताइएको छ । नायक सलमान खानसँग सम्बन्ध बिच्छेद भएपछि कटि्रना रणवीरसँग
नजिक भएकी हुन् । यि दुइको सम्बन्ध निक्कै अगाडी बढेको प्रष्ट छ । यसैले
पनि रणवीर र कटि्रना बिहे बन्धनमा बाधिए भने अचम्म नमान्दा हुन्छ । अनलाइनखर
0 comments
Write Down Your Responses