बलात्कृत बालिका गर्भवती भइन्

लहान,  असार । सिरहाको लालपुर गाविस–१ की १४ वर्षीया बालिकालाई छिमेकी युवकले पटकपटक बलात्कार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ पर्नेमा लालपुर गाविस–१ का २० वर्षीय परमेश्वर साह रहेको जनाएको छ ।
प्रहरी सहायक निरीक्षक वीरेन्द्रबहादुर पाण्डेले पीडित बालिकाले साहले आफूलाई पछिल्लो छ महिनादेखि पटकपटक बलात्कार गर्दै आएको परिवारजनलाई सुनाएपछि परिवारको उजुरीका आधारमा प्रहरीले साहलाई पक्राउ गरेको हो ।
बालिकाले पेट दुख्यो भन्न थालेपछि गोलबजारमा स्वास्थ्य जाँच गराउँदा पाँच महिनाको गर्भ रहेको खुलेको थियो । गोलबजारस्थित जनता नमुना उच्चमाविमा कक्षा ७ मा अध्ययनरत पीडित बालिकाले आफूलाई साहले कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएकाले कसैलाई पनि नभनेको बताइन् ।
स्थानीय गाउँलेहरूका अनुुसार बालिकाले आफूलाई साहले गर्भवती बनाएको बताए लगत्तै नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । प्रहरी सहायक निरीक्षक पाण्डेले अनुसन्धान गरी अभियुक्त साहविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाइने जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस