यस्ता वस्तुहरू योनिमा प्रयोग गर्दा हुन सक्ने खतराप्रति महिला सजग हुनै पर्छ
अमेरिका मा गरिएको पछिल्लो अध्ययनले दुई तिहाइ महिला यस कार्यमा संलग्न
रहेको जनाएको छ । रसायनयुक्त यस्ता यौनसामग्रीको प्रयोगबाट योनिमा संक्रमण
हुने, योनिको भित्ता क्षतिग्रस्त हुने, हर्पेस, क्लामिडिया, एचआईभीजस्ता
यौनरोगको खतरा बढ्ने अनुसन्धानकर्ताहरू बताउँछन् । यिष्ट, ब्याक्टेरिया तथा
योनिमा प्रयोग गरिने यस्ता रसायनका कारण महिलाको ज्यानै जोखिममा पर्न
सक्ने बताइन्छ । लस एन्जेल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रमुख
अनुसन्धानकर्ता जोयल्ले ब्राउन भन्छन्– ‘यस्ता वस्तुहरू योनिमा प्रयोग
गर्दा हुन सक्ने खतराप्रति महिला सजग हुनै पर्छ ।’
यौन क्रियाकलापमा सहजता हुने एवम् सफा गर्ने भनेर विकसित मुलुकका महिलाले योनिमा थरी–थरीका क्लिन्जर्स, लुब्रिकेन्ट्स वा पेट्रोलियम जेली प्रयोग गर्ने चलन बढिरहेको छ । विभिन्न किसिमका बास्नादार जेली प्रयोग गरी योनिलाई सुगन्धित बनाउने लोभका कारण पनि महिलाहरू फाइदा–बेफाइदा बुझ्दै नबुझी जेलीको प्रयोगमा लाग्ने गरेको पाइएको छ । आधुनिकीकरणका नाममा यो फेसन नै बनिसकेको पाइन्छ । साथीहरूको लहै–लहैमा महिलाले भेटेजति नानाथरीको औषधि योनिमा प्रयोग गरेर जानी–नजानी खतरा निम्त्याइरहेको बोस्टनको सेन्ट एलिजाबेथ मेडिकल सेन्टरका डा. माइकल जिनाम्यान बताउँछन् । उनी भन्छन्– ‘विभिन्न रसायनयुक्त सुगन्धित पदार्थ योनिमा हालेर ब्याक्टेरियाको प्राकृतिक सन्तुलन बिगार्ने काम भइरहेको छ ।
अनुसन्धानकर्ता ब्राउनको टोलीले लसएन्जेल्सका १ सय ४१ महिलालाई योनिमा त्यस्ता वस्तुको प्रयोग र त्यसपछिको संक्रमणबारे प्रश्न गरेको थियो । ६६ प्रतिशत महिलाले आफूहरूले विभिन्न रासायनिक पदार्थले योनि पखाल्ने र लुब्रिकेन्ट्स योनिभित्र प्रयोग गर्ने गरेको बताए । योनिभित्र यस्ता वस्तु प्रयोग गर्नेमध्ये ४५ प्रतिशतले विभिन्न व्यावसायिक उत्पादन जस्तै– भिनेगर र पानीले योनि पखाल्ने गरेको पाइयो । सबैभन्दा बढी अर्थात् ७० प्रतिशतले व्यावसायिक लुब्रिकेन्ट्स प्रयोग गरेको देखियो भने १७ प्रतिशतले पेट्रोलियम जेली र १३ प्रतिशतले तेल प्रयोग गर्ने गरेको बताएका थिए ।
पेट्रोलियम जेली राखेर योनि चिप्लो बनाउनेहरूमध्ये ४० प्रतिशतमा भ्याजिनोसिस ब्याक्टेरिया संक्रमण भएको पाइयो । सो जेली प्रयोग नगर्नेहरूमा भने १८ प्रतिशतमा मात्र यस्तो संक्रमण देखिएको थियो । त्यसै गरी विभिन्न तेल योनिभित्र प्रयोग गर्ने महिलामध्ये ४४ प्रतिशत क्यान्डिडा नामक फङ्गसबाट ग्रस्त भएका थिए । तेल प्रयोग नगर्नेहरूमा भने यस्तो समस्या ५ प्रतिशतमा मात्र भएको पाइयो ।
जथाभावी जेलीको प्रयोग हानिकारक
सामान्यतया योनिभित्र राम्रा र नराम्रा दुवै प्रकारका ब्याक्टेरिया हुन्छन् । जसले संक्रमण र भाइरसबाट बचाउन अम्ल उत्पादन गर्छन् । चिकित्सकहरूका अनुसार सामान्य ब्याक्टेरियाको संख्यामा असन्तुलन भएमा भ्याजिनोसिस ब्याक्टेरियाको संक्रमण हुन्छ । यस्तो अवस्थामा अधिकांश महिलामा कुनै लक्षण देखिँदैन तर केहीमा भने गन्हाउने वा असामान्य तरल पदार्थ योनिबाट बग्ने हुन्छ । चिकित्सकहरू महिलालाई यस्ता कुनै पनि वस्तुहरू योनिभित्र प्रयोग गर्ने वा तिनीहरूबाट योनि पखाल्ने सल्लाह दिँदैनन् ।
भ्यासलिन उत्पादन कम्पनी युनिलिभरका एक प्रतिनिधिको भनाइ छ– ‘भ्यासलिन पेट्रोलियम जेली शरीरको बाÞय भागमा मात्र गर्न हुने भनी प्याकेजिङमै उल्लेख गरिएको हुन्छ । हामी त्यसलाई योनि चिप्लो बनाउन प्रयोग गर्न सिफारिस गर्दैनौं । कन्डम प्रयोग गरी यौनसम्पर्क गर्दा पनि यसलाई लुब्रिकेन्ट्सको रूपमा प्रयोग गरिनुहुन्न । किनभने यसले रबरलाई क्षति पुर्याउन सक्छ ।’
नर्थ क्यारोलिनाको ड़र्यामस्थित डइक युनिभर्सिटीका प्रोफेसर डेबिड क्यात्जका अनुसार पेट्रोलियम जेलीले आफ्नो सम्पर्कमा आउने कुनै पनि सतहको पानी सोस्ने गर्छ, फलस्वरूप यसले योनिको अत्यन्तै संवेदनशील छालालाई संक्रमण हुने खतरा अझै थप्छ ।
अनुसन्धानकै क्रममा केही महिलाले जानेर वा नजानेर भ्याजिनोसिसको लक्षणबाट राहत पाउन पेट्रोलियम जेली प्रयोग गर्ने गरेको पनि पाइएको छ । ग्लिसिरिनयुक्त के–वाई जेलीलाई लुब्रिकेन्टको रूपमा प्रयोग गर्दा त्यसमा रहेको ग्लिसिरिन चिनीमा विखण्डन हुँदा यिष्ट संक्रमण हुने र सम्भवतः भ्याजिनोसिस हुने सम्भावना धेरै हुने भएकाले महिला आफैंले त्यस्ता वस्तुहरू खरिद गर्दा सचेत हुनुपर्ने केही चिकित्सकहरू बताउँछन् । यस्ता वस्तुहरूको जथाभावी प्रयोग गर्नै नहुने र गर्नै परेमा पनि सम्बन्धित विशेषज्ञ डाक्टरको सल्लाह लिनुपर्ने धेरैको सुझाव छ ।

0 comments
Write Down Your Responses