जति-जति उमेर बढ्दै जान्छ त्यति-त्यति छालाको संरचना पनि फरक हुँदै जान्छ । त्यसैले छालालाई बढी स्याहार गर्नु आवश्यक छ ।
पन्ध्र्रदेखि बीस वर्षसम्मका महिला वा पुरुष दुवैमा हार्माेन्सको
परिवर्तन हुने र डन्डिफोरको समस्याले पिरोल्ने हुँदा यतिबेला अनुहारको
स्याहार विशेष रूपमा गर्नुपर्छ ।
यस्तो बेलामा चिल्लोको मात्रा नभएका क्लिजिङ क्रिमले क्लिजिङ
गर्नुपर्छ । छालाको प्वाललाई कस्न टोनर प्रयोग गर्नुपर्छ । टोनिङपछि
मोस्चराइजर लगाउनुपर्छ । साताको दुईपटक स्क्रब पनि गर्नुपर्छ ।
बीसदेखि तीस वर्षका महिला-पुरुष दुवैमा पसिनाग्रन्थि अथवा तेलग्रन्थि
बढी सक्रिय हुन्छन् । खुला रोमछिद्र अर्को समस्या हुन्छ । त्यसैले छालाको
अवस्थाअनुसार क्लिजिङ गर्ने, रोमछिद्रलाई कस्न टोनर लगाउने, मोस्चराइजर
लगाउनुका साथै ब्लेकहेड्स हटाउन स्क्रब प्रयोग गर्ने । अनुहारलाई घामबाट
बचाउन सनस्त्रिmन प्रयोग गर्ने, महिनामा एकपटक फेसियल गर्ने तथा सातामा
एकपटक फेस टाइट राख्न फेसप्याक लगाउनु आवश्यक छ ।
तीसदेखि पचास वर्षसम्मका महिला-पुरुष दुवैको छाला पातलो हुन्छ साथै
छालाको चमक पनि हराउँछ र छालाको रंग परिवर्तन हुन थाल्छ । यो उमेरमा
अनुहारमा चायाँको समस्या आउँछ, हार्मोनको गडबडीले कसैकसैमा चालीस वर्षको
उमेरसम्म पनि डन्डिफोर आउँछ । धेरैजसोको छाला सुख्खा हुने हुँदा
चिल्लोयुक्त राम्रो क्लिजिङले अनुहार सफा गर्ने र अनुहारको छालालाई कस्न र
अनुहारको फोहोर सफा गर्न टोनर प्रयोग गर्ने ।
बिहान-बेलुका हरेक पटक अनुहार धोएपछि मोस्चराइजर लगाउने, राति सुत्ने
बेलामा सधै नरिसिङ क्रिमले मसाज गर्ने र अनुहारको मृतकोषिका हटाउन
स्क्रवयुक्त प्याक लगाउने ।
घामबाट बच्न सनस्त्रिmन लगाउने, छालालाई कस्न सातामा एकपटक फेसप्याक
लगाउने र फेसलाई सधै चमक अनि रिंकलरहित राख्न महिनामा दुईपटक फेसियल
गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा थर्मोहर्ब फेसियल गर्ने । थमोहर्ब माक्स
लगाएर फेसियल गरे छाला झोल्लिँदैन ।
दिनहुँ नरिसिङ क्रिम लगाई राति सुत्ने बेलामा आँखामुनि आई जेलले हल्का
मसाज गर्नु राम्रो मानिन्छ । यसरी दिनहुँ अनुहारको हेरचाह गरे अनुहार सधै
ताजा एवं रिंकलरहित हुन्छ । महिलाहरूले मात्र होइन पुरुषले पनि अनुहारको
यसरी नै हेरचाह गर्ने हो भने सधै जवानी मात्र कायम रहँदैन रिंकल एवं
डन्डिफोररहित पनि बनाउन सकिन्छ ।
सरस्वति सुब्बा ब्युटिसियन
0 comments
Write Down Your Responses