अनुहारमा धेरै डन्डिफोर आए मा

नमा २-३ पटक राम्रोसँग सफा पानीले अनुहार सफा गर्नुपर्छ । बिहान स्क्रब वा फेसवासले अनुहार सफा गर्ने र दिनमा एकपटक फेसप्याक लगाउने । फेसप्याकका लागि तुलसी एवं निमका पात, एक चम्चा बेसन, एक चम्चा बेसार, सानो टुक्रा फिटकिरी मिसाई पेस्ट बनाउने र बिहान अनुहारमा लगाई १५ मिनेटसम्म त्यसै छोडी सुकेपछि सफा पानीले सफा गर्ने । हल्का हातले मसाज गर्दै नियमित रूपमा सफा गरे अनुहारको डन्डिफोर चाँडै हटेर जान्छ । डन्डिफोर हटाउन खानामा पनि ध्यान दिनुपर्छ । हरियो सागपात धेरै खाने, फलफूल, गेडागुडीको रस, माछामासु, अण्डा, भिटामिनयुक्त खाना खाने र पानी बढी मात्रामा पिउने । डन्डिफोर हुनेहरूले अनिँदो बस्नुहुँदैन र १५-१५ दिनमा दक्ष ब्युटिसियनको सल्लाहअनुसार अनुहारको उपचार गर्नुपर्छ । यति गर्दा पनि डन्डिफोर हराएन भने चिकित्सकको सल्लाहअनुसार उपचार गराउनु राम्रो हुन्छ ।
विगत १२ वर्षदेखि सौन्दर्य क्षेत्रमा कटिबद्ध लक्ष्मण ठाकुरले आफ्नो दोस्रो आउटलेट भाटभटेनी सुपरमार्केटमा खोलेका छन् । भारतको जावेद हबिव एकेडेमीबाट तालिम लिएका लक्ष्मण केश विन्यासमा निपुर्ण छन् । उनले ज्याको हेयर एण्ड ब्युटी स्कुलबाट सर्ट टम तालिम पनि लिएका छन् । उनी अनुहार तथा केशको टेक्चरअनुसार ग्राहकलाई सुहाउँदो शैलीको केश बनाइदिन्छन् । नेपालमा सौन्दर्य क्षेत्रमा धेरै विकास हुन बाँकी भएको बताउने लक्ष्मण केशलाई बालबालिकासँग तुलना गर्छन् । लक्ष्मण भन्छन्- हामीले बालबालिकालाई जत्तिकै कायम केशलाई गर्नुपर्छ । त्यसपछि मात्र आफूले चाहेजस्तो केश पाउन सकिन्छ ।
नेपाली सौन्दर्य क्षेत्रमा १२ वर्षदेखि कार्यरत हुनुहुन्छ, अनुभव कस्तो रह्यो ?
निकै रमाइलो रह्यो । अहिले धेरै परिवर्तन आएको अनुभव गरेको छु । कुनै जमानामा पार्लर भनेपछि मानिसहरू छिर्न चाहँदैनथे तर आज पार्लर गएर सेवा लिनु जीवन शैलीको अभिन्न अङ्ग बनेको छ ।
पुरुष भएर महिलाको केश काट्ने पेसा अपनाउँदा अप्ठ्यारो लागेन ?
मलाई त लागेन तर धेरैले लोग्नेमान्छे भएर पनि आइमाईको केश काट्ने भनेर होच्याए । मलाई त्यसले केही फरक पारेन । एकदिन सबैले कुरा बुझ्नेछन् भन्ने लाग्थ्यो, आज बुझेका छन् । कुनै पनि पेसालाई लिङ्गभेदका आधारमा छुट्टयाउनुहुँदैन । राम्रो काम सबैले गर्न हुन्छ ।
कस्ता कठिनाइको सामना गर्नुपरेको छ ?
आफ्नो क्षेत्रमा दक्ष भए कुनै कठिनाइ सहनु पर्दैन तर अहिले लोडसेडिङले दुःख दिएको छ । जामले गर्दा ग्राहक समयमा आउन पाउँदैनन्  । यसले रुटिनमा अप्ठ्यारो पार्छ ।
हामीले विदेशी उत्पादनमा भर पर्नुपरेको छ, यसमा तपाईंको भनाइ ?
नेपाल प्रकृतिले धनी छ । यहाँका हर्बलहरूबाट सौन्दर्य प्रसाधन उत्पादन गर्ने हो भने त्यसको बजार विश्वव्यापी  बन्नसक्छ । मानिसहरू अहिले आयुर्वेदिक सामग्री मन पराउन थालेका छन् तर ती सामग्री बाहिरबाट मगाउनुपर्छ । ती महँगा हुन्छन् र राष्ट्रिय हितमा पनि छैनन् ।
नेपालमा सौन्दर्य क्षेत्र फस्टाउनुको पछाडि के कारण होला ?
संचार माध्यम । संचार माध्यमले नै मानिसहरूलाई सौन्दर्यको महत्व बुझाएको हो । त्यसैले नेपालीहरू सौन्दर्यप्रति सजग छन् ।
नेपालीहरूको हेयर टेक्चर कस्तो छ ?
लङ वेभी छ । भनौं भने केशको प्रकारमध्ये यो सबैभन्दा राम्रो हो । यसलाई जुनसुकै शैलीमा सजिलै ढाल्न सकिन्छ । वेभी केश सम्हाल्न सजिलो हुन्छ यसमा स्टाइल प्ले गर्न सजिलो हुन्छ । मंगोेलियनहरूको केश चाहिँ स्ट्रेट छ ।
विश्वमै फेसनमा रहेको शैली कुन हो ?
ग्राजुएसन हो । यो सम्हाल्न पनि सजिलो हुन्छ । बलिउडका धेरैजसो नायिकाले यही शैली पछ्याएका छन् ।
नेपालीहरूका केशसम्बन्धी समान समस्या के-के छन् ?
चायाँ र केश झर्ने समस्या । यी समस्या हटाउन सही स्याम्पु तथा कन्डिसनर प्रयोग गर्नुपर्छ । केशमा नियमित तेल मसाज गर्नुपर्छ ।
हेयर केयरका रेन्ज पनि बजारमा प्रशस्त छन्,  के ती केशका लागि राम्रा छन् ?
अनेकौं रिसर्च गरी बजारमा आएका हुनाले तिनले केशलाई बाक्लो तथा बलियो बनाउँछन् । अहिले हेयर जेल, हेयर मोस, हेयर प्रोटिन, हेयर थेरापी, हेयर परफेक्ट, हेल्थी हेयर,  हेयर पोषण, हेयर सिरम, कलर एक्सपर्ट आदि बजारमा आएका छन् । आवश्यकता हेरी यिनलाई प्रयोग गर्न सकिन्छ । यिनको प्रयोगपछि केशको हेरचाह बढी गर्नुपर्छ । जस्तै जेल लगाएको दिन केश नुहाउन नभ्याए पनि पानीले पखालेर सुत्नुपर्छ ।
हेयर रुटिन कसरी कायम गर्ने ?
आफ्नो जीवन शैली तथा समय हेरी हेयर रुटिन बनाउनुपर्छ । महिलाहरूले छ हप्तामा एकपटक केश टि्रम गराउनुपर्छ । त्यसपछि नियमित रूपमा राम्रो कम्पनीको स्याम्पु तथा कन्डिसनर प्रयोग गर्नुपर्छ । समय मिलाएर हेना तथा हेयर मसाज गर्नुपर्छ । सन्तुलित फाइबरयुक्त खानाको सेवनले केशलाई फाइदा पुर्‍याउँछ ।
कुन उमेरका लागि कस्तो केश बनाउँदा उचित हुन्छ ?
टिनएजरहरूका लागि स्पाइकी र रेजर कट सुहाउँछ । कामकाजी महिलाहरूका लागि लङ वेभी तथा ४० पार गरेकालाई छरितो देखिने किसिमको शैली सुहाउँछ ।
केश झर्ने तथा खुइलिने समस्या किन देखिन्छ ?
यो वंशानुगत, हार्मोन, रोग तथा औषधिको कारणबाट देखिनसक्छ । कम मात्रामा केश झरेको छ भने अदुवाको रस लगाउन सकिन्छ । यदि धेरै झर्ने समस्या देखियो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
हेयर प्लान्टेसन र एक्सटेन्सनमा के फरक छ ?
हेयर प्लान्टेसन स्थायी समाधान हो भने एक्सटेन्सन अस्थायी समाधान हो । नेपालमा  हेयर एक्सटेन्सन धेरैजसोले फेसनका लागि गरेका छन् । प्लान्टेसन नेपालमा कमैले मात्र गरेका छन् ।
हेयर प्लान्टेसन कसरी गरिन्छ ?
यो निकै महँगो प्रक्रिया हो । नेपालमा विग राखेर केश  मिलाउने संस्था  छन् । त्यहाँ गएर महिनामा एकपटक केश टच गराउनुपर्छ । प्लान्टेसन धान रोप्ने जस्तै कार्य हो । यसमा पछाडिको बाक्लो केश उखेलेर नभएको ठाउँमा रोपिन्छ । पाँच पटकपछि यो प्रक्रिया पूरा हुन्छ । यो काम ट्राइकोलोजिस्टले मात्र गर्न सक्छन् ।
केशलाई कति भागमा  विभाजन गर्न सकिन्छ ?केशका मुख्य तीन भाग हुन्छन् । क्युटिकल, कर्टेक्स र म्याडुला  । क्युटिकल केशको माथिल्लो भाग हो । यसलाई स्याम्पु तथा कन्डिसनरले राम्रोसँग धुनुपर्छ । यही भागले केशको अरू भागको रक्षा गर्छ । यो भाग माछाको कत्लाजस्तै हो । त्यसैले यसको हेरचाह आवश्यक छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस